नेपालगन्ज देखि जाजरकोट नलगाड जाँदै गरेको जिप सुर्खेत सिम्तामा दुर्घटना

इन्द्रबहादुर बुढाथोकी

सल्यान । नेपालगन्ज बाट जाजरकोट नलगाड नगरपालिका तिर जाँदै गरेको ग १ ज ४८०२ नम्बरको जिप सुर्खेत सिम्तागाउपाली वडा न ६ खहरेखोला नजिकै दुर्घटना हुदा चालक सहित ३ जना घाइते भएका छन ।

घाइते हुनेमा जाजरकोट जिल्ला नलगाड नगरपालिका ८ का वर्ष ६० मन ब शाही, ऎ ऎ बस्ने वर्ष २९ कि सरस्वती सुनार र जिप चालक जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा न ८ का वर्ष २४ का प्रेम ब बिक घाइते भएका छन ।

घाइते सबैको मेहेलकुन अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय बादेपिपलका इन्चार्ज श्याम शाहले जानकारी दिएका छ्न । जिप सडक बाट ३० मिटरतल खोलामा गएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!