औषधी चोरी प्रकारण स्वास्थ्य कार्यालयको निवेदन पर्खदै महिना दिन वित्यो

सुकमाया थापा
डोल्पा ः यस जिल्लाको मुख्य केन्द्र जिल्ला स्वास्थ्य कार्यालय डोल्पाको स्टोरबाट औषधि चोरि हुन लागेको भनिएको एक महिना अघिको घट्नाको छानबिन अझसम्¬म हुन सकेको छैन ।
यस विषयमा सदरमुकाम दुनै निवासि स्थानीयहरुले छानबिन नहुनु तथा दोषि भनिएकाहरु माथि छानबिन गरी कारवाही नगरिनुले दण्डहिनता मौलाउने आशंका व्यक्त गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय डोल्पाबाट मिति २०७५ साल पुस १४ गते राति करीब ८ बजे तिर जिल्ला स्वास्थ्य कार्यलयको स्टोरमा राखिएको औष्धि चोरी गरी लिन लागेको अवस्थामा उक्त कार्यालयका केही कर्मचारीहरुलाई प्रहरीले समाति १ रात प्रहरी हिरासतमा राखेर खाडेको भनि विभिन्न समाचारहरुमा आए पछि घट्ना बाहिर आएको थियो ।
घट्ना घटेको एक महिना बितिसक्दा पनि जिल्ला स्वास्थ्य कार्यालय डोल्पाले बाहिर लिन तयार गरिएको ६ बोरा औषधिको विवरण भिडाउदै छौ भनेर टार्ने गरेको छ । अनलाइनमा औषधि स्टक भिडाउने काम भैरहेको र आन्तरिक रुपमा छानबिन भैरहेको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका कार्यालय प्रमुख रनलाल कुलालले बताउनु भयो ।
गत पुस १४ गते राति भएको उक्त घटनामा संगलग्न भएको आरोपमा प्रहरीले सञ्जयकुमार मण्डललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा १ रात राखि भोलिपल्ट १५ गते बिहान जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीकै जिम्मामा छाडिएको थियो । त्यसरी नियत खराब राखेर गरिएको योजना बद्ध घट्नालाई छानबिन गरी संलग्नलाई तत्काल कारवाही गर्नु पर्नेमा आजसम्म पनि छानबिन र कारवाही नगरिएको भन्दै स्थानीय ओमेन्द्र के सी आक्रोश व्यक्त गर्छन् ।
औषधि चोरी गर्न लागिएको भनि जिल्ला प्रहरी कार्यलयले हिरासतमा लगि कर्मचारीकौ मातहातमा हाडिएको सो व्यक्ति दोसिनै थिएन त जिल्ला प्रहरी कार्यलय किन लगियो र दोसि ठहर गरी प्रक्राउ गरेको हो भने किन १४ गते राति राखेर १५ गते बिहान छाडियो नागरीकहरु भन्छन् । यसको जवाफ प्रशासनले दिनु पर्छ ।
जिला स्वास्थ्य कार्यलय डोल्पाको जाहेरी नहुदा समातिएको आरोपित व्यक्तिलाइ छाडिएको र जाहेरी आएपछि फेरी ल्याएर छानविन गर्ने जिल्ला प्रहरी कार्यलय डोल्पाको भनाइ रहेको थियो । घट्ना भएको एक महिना बित्दा पनि छानविन हुँदै छ भनि जिल्ला प्रहरी कार्यलय अल्झाएको भन्दै मिशन नेपाल डोल्पाले कारवाहीको माग गर्दै निवेदन दिएको र जिल्ला स्वास्थ्य कार्यालय डोल्पाको जाहेरी पर्खेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भयो ।
उक्त घट्नाको छानबिन गरी कर्मचारीले औषधि चोरी गरेकै हुनभने कारबाहि प्रक्रिया सुरु नगरी किन छाडियो त ? २०७५ साल पुस १४ गते रातिको भएको घटना १५ दिन पछि बाहिर आउनु र त्यस पछि पनि २ हप्ता बितिसक्दासम्म घटनाको छानबिन नहुनु र सबै चुपचाप र गुपछुप हुनुमा ठुलै खराब नियत, आर्थिक चलखेलको नियत लुकेको हुनसक्ने नागरीक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले शंका व्यक्त गर्नु भएको छ ।
स्वास्थ्य कार्यलयकै धेरै कर्मचारीहरुले औषधिमा घोटला गरेको आशंका रहेको अवस्थामा घटेको यति ठुलो मानव जिवनसंग जोडिएको संम्बेदनशील बिषयलाइ गुपछुप तरीकाले मिलाउन खोजिएको र मिलाउन नसकेपछि पोल खुल्ने डरले घटना बाहिर ल्याइएको हुन सक्ने नागरीक समाज डोल्पाका अध्यक्ष बुढाको दावी छ ।
कार्यालयकै कर्मचारीबाट भएको यत्रो ठुलो घट्नालाई गुपचुप राखिएको र केही मुठ्ठीभर व्यक्ति तथा निकायबाट मिलाउने पहल भएको होकि भन्ने आशंका व्यक्त गर्दै, दोसि देखाइएका व्यक्तिलाइ किन कारबाहि गरीएन र सम्बन्धित निकायहरु किन मौन रहेका छन् ? यो घटनाको बिषयमा सत्यतथ्य के हो ? सम्बन्धित निकायले यथा सिघ्र छानविन गरी दोसिलाइ कारबाहिको दायारामा ल्याउनु पर्ने मिसन नेपाल राष्ट्र निर्माणका अध्यक्ष के सीले प्रहरी प्रशासन तथा सम्बन्धित निकाय माथि प्रश्न गर्नु भएको छ ।
उक्त घटना लुकाउन सम्बन्धित निकायका कर्मचारी गैर जिम्मेबार ढंगबाट लागेको र गुपछुप राखि केस मिलाउन खोजेको जस्तो देखीनु लज्जास्पत रहेको हुँदा आवश्यक छानविन गरी सो औषधि चोरीमा संलग्न दोसि र सो घट्ना लुकाउन खोज्नुमा रहश्य लुकेको र त्यो सम्बन्धित छानविन गरी दोसिलाइ कडा कारबाहि गर्न जिल्ला अस्पताल डोल्पाका अध्यक्ष तेजेन्द्र बहादुर रोकायाले प्रहरी प्रशासनलाई आग्रह गर्नु भयो ।
औषधि चोरीको आशंकामा आरोपित व्यक्तिलाई जिल्ला प्रहरी कार्यलयमा लगिएको र सम्बन्धित कार्यलयको जाहेरी आउनु भन्दा पनि उनीहरुलाई उक्त कार्यालयका कर्मचारीहरु जमानी बसेर लगेको मात्रै होइन घट्नाको जाहेरी नआएकाले समातिएका व्यत्तिहरुलाइ छाडिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक अवदेश विष्टले जानकारी दिनु भयो । घट्नाको अनुसन्धान भइरहेको र सो औषधि चोरी भएको जाहेरी आउने बित्तिकै सम्बन्धित व्यक्तिहरुलाई समातेर कारवाही गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताउनु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोल्पाको जाहेरी निवेदन आउने बित्तिकै आरोपित व्यक्ति र त्यससँग जोडिएको व्यक्तिहरुलाई ल्याई आवश्यक कारवाही थाल्ने प्रजिअ थापाको दावी छ ।




सम्बन्धित समाचार


error: Content is protected !!