हिमपातले सडक , टेलिफोन सेवा प्रभावित

सुकमाया थापा
डोल्पा , ९ माघ ः डोल्पामा सोमबार बिहानै देखी सुरु भएको हिमपातले यातायात , टेलिफान सेवा अवरुद्ध भएको छ ।
हिमपात र पानी पर्ने क्रम नरोएिपछि जाजरकोट – डोल्पा सडक खण्डको डोल्पा खण्डमा चल्ने यातायातका साधनहरु सञ्चालन हुँन सकेको छैन्न । सडकमै हिउँ जमेपछि घोडा, खच्चड र यातायातका साधनहरु सञ्चालन गर्न समस्य परेको हो । हिमपात जारी रहेकोले यहाँको जनजीवन चिसोले प्रभावित भएको छ । जिल्लाका आन्तरिक घोडेटो बाटोहरु समेत अवरुद्ध भएको सांसद बीरबहादुर शाहीले जानकारी दिनुभयो ।
जिल्लाका ८ वटा स्थानीय तहहरुमा भारी हिमपात हुँदा दैनिक क्रियाकलापमा समेत समस्य उत्पन्न भएको स्थानीयले बताएका छन् । हिमपातकै कारण जिल्लाको टेलिफोन सेवा, विद्युत सेवामा समेत प्रभावित भएको छ । उपल्लो डोल्पाका काइके ,फोक्शुण्डो , डोल्पो बुद्ध र छार्का ताङ्गसोङ्ग गाउँपालिकामा सोमबार साँझ देखी नै अत्याधिक हिमपात सुरु भएको स्थानीय सरकारले जानकारी दिएका छन् । तल्लो डोल्पाका जगदुल्ला मुड्केचुला , ठुलीभेरी नगरपालिका,र त्रिपुरासुन्दरी नगरपालिकामा मंगलबार बिहान देखी हिमपात सुरु भएको हो । माथेल्लो डोल्पाको तापक्रम शुन्यमा झरेको छ । चिसोको माध्यमिक शिक्षा परिक्षको तयारी गर्ने विद्यार्थीहरु, पशुचौपायलाई चरिचरण गराउन समस्य भएको मुड्केचुला गाउँपालिका वडा नं २ का स्थानीयबासी रमित बुढाले जानकारी दिनुभयो ।
डोल्पाको जुफालमा रहेको विमानस्थलमा आज हिमपातका कारण दैनिक हुँने उडान समेत रोकिएको नेपाल बायू सेवा निगम डोल्पाले जनाएको छ । आकाशे पानीको भरमा लगाएको अन्नबालीमा हिमपातले राहत पुर्याएको छ ।










