कार्यालय सहयोगीले पढाउँछन् विद्यार्थी

जाजरकोट , यहाँको जुनीचाँदे गाउँपालिका ४ लुहादहका ५३ वर्षिय भीमवहादुर खड्काले विएड पास गरेका गनुभएको छ , तर उहाँको पद भने विद्यालयको कार्यालय सहयोगी हो । स्थानीय आदर्श माध्यमिक विद्यालय लुहादहमा गत ९ वर्ष देखि कार्यालय सहयोगी रहेका खड्कालाइ आफनो योग्यता अनुसारको जागिर खाने मन छ तर उहाँले विद्यालयको कार्यालय सहयोगीमै चित्त वुझाउनु परेको छ ।
कार्यालय सहयोगीको जागिर सुरु गर्नु अघि सोहि विद्यालयमा ११ वर्ष नीजि शिक्षकको रुपमा पढाउने काम समेत गरेका भीमबहादुरको सरकारी नोकरी खाने उमेर भने कटि सकेको छ । सरकारी दरवन्दीको शिक्षक भएर विद्यालयमा पढाउने ठुलो धोको वोकेका भीमवहादुरले शिक्षा शास्त्रमा स्नातक गर्नुका साथै १० महिने शिक्षक तालिम समेत पुरा गरेका गनुभएको छ । कहिले पनि सरकारी दरवन्दीको शिक्षक हुन धोको पुरा गर्न नपाएका खड्काले गाउँमा आउने जो कोहि संग पनि राम्रो जागिरको उपाया के होला भनेर सोध्ने गनुहुन्छ ।
म शाररीक परिश्रम र मज्दुरी गर्न सक्दिन योग्यता अनुसारको जागिर खोज्छु तर पाउदिन, उहाँले भन्न्ुभयो । स्नातक सम्मको पढाइ पुरा गरेर पनि मासिक ७ हजार ५ सय तलव पाउने गरि विद्यालयको कार्यालय सहयोगी पदमा सिमित रहेका खड्कालाइ आफनो योग्यता अनुसारको शिक्षक वन्ने ठुलो रहर छ । धेरै तलव पाउने र माथिल्लो पदको जागिर खाने रहर छ तर कसैले सहयोग गर्दैनन हजुर, भीमवहादुरले भन्नुभयो । अध्यापन अनुभतिपत्रको अभाव, धेरै उमेर र विपन्नताका कारण सरकारी जागिरको अवसर नपाएका भीमवहादुर बताउनुभयो । ४९ वर्षको उमेरमा २०७१ सालमा जिल्ला सदरमुकाम खलंगाको भेरी ज्ञानोदय क्याम्पसवाट विएड पास गरेका खड्काले जागिरको लागि धेरै ठाउँमा धाएको तर नपाएको बताउनुभयो ।
६ जना छोराछोरीका वावु भीमवहादुरले अहिले आफु कार्यालय सहयोगी रहेको विद्यालयको नीजि शिक्षकको रुपमा २०४५ देखि २०५२ साल सम्म ७ वर्ष र फेरि २०६२ देखि २०६६ सम्म ४ वर्ष गरि ११ वर्ष पढाएको बताउनुभयो । जागिरथोरै भएका कारण श्रीमती र छोराछोरी पाल्न मुस्किल भएको उहाँले बताउनुभयो । विद्यालयको सरकारी दरवन्दीमा शिक्षक भएर पढाउने उहाँको ठुलो धोको ,उहाँको उमेर र आर्थिक विपन्नताले पुरा हुन दिएको छैन । २०४२ सालमा एसएलसी पास गरेका उहँले लामो समय गाउँकै विद्यालयमा नीजि स्रोतको शिक्षक भएर पढाउदै पढ्दै गरेको बताउनुभयो ।
सानैमा कमाइ गर्नका लागि भारत गएका भीमवहादुरले ११ , १२ सम्मको पढाइ उतै पुरा गरेको र स्नातक मात्र आफनै जिल्लामा आएर गर्नुभएको हो । शैक्षिक योग्यता बढेसंगै उहाँको निजि स्रोतको शिक्षक जागिर रु २ हजार २०० तलवका कारण दिगो रहेन । उहाँ अहिले कार्यालय सहयोगी भएपनि विद्यालयमा पढाउने गरिरहेका छन् । भीमवहादुरले अहिले विद्यालयवाट आठ हजार जति तलव पाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णवहादुर केसीले बताउनुभयो । उहाँले भीमवहादुरको योग्यता धेरै भएपनि अध्यापन अनुमति पत्र नभएका कारण विद्यालयमा शिक्षकको अवसर आएर पनि जागिर दिलाउन नसकिएको बताउनुभयो । काममा निकै मेहनती र लगनशील भीमबहादुरले कार्यालय सहयोगी भएपनि विद्यालयमा शिक्षकहरु नहुदा ठुलो मदत गर्ने गरेको बताउनुभयो ।










