जनयूद्धमा बाबु गुमाएका गोविन्दको दाउराले लियो ज्यान

सुकमाया थापा
डोल्पा , डोल्पाको मुड्केचुला गाउँपालिका वडा नं ७ सर्मीका १४ वर्षीय गोविन्द बुढाको आईतबार जिल्ला अस्पतामा सव परिक्षण गरी दाहसंस्कार गरिएको छ ।
माघ ३ गते ढुङ्गा लागेर मृत्यू भएका बुढाको आज सवपरिक्षण सहित दाहसंस्कार गरिएको हो । मृतक बालक काइकेगाउपालिका वडा नं ५ बैजिबारा स्थित मामा घरमा बस्दै आएका थिए । चखे बुढाका १४ वर्षीय छोरा गोबिन्द बुढाले दाउरा काट्न भनि जंङ्गलमा गएका बेला माथि बाट आएको ढुङ्गा लागेर टाउकोमा गम्भिर चोट लागेपछि घाइते भएको अवस्थामा उपचारको लागि बिहिबार राति डोल्पा जिल्ला अस्पताल ल्याउदै गर्दा बाटोमा ज्यान गएको मृतकका मामा संजोक थापाले बताउनुभयो ।
मृतक बालक गोविन्दका बुबा तत्कालीन जनयुद्धको समयमा म्याग्दीको बेनी कारवाहीको क्रम्म मृत्यू भएको थियो ।
मुर्ती चोरेको आरोपमा पक्राउ
माथेल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिका ३ स्थित गाकर गुम्बा र मेकिङ्गग गुम्बाका मुर्तिहरु चोरी गर्नेलाई डोल्पा प्रहरीले पक्राउ गरेको छ । गुम्वाका पुजारी पेम्बा ठिल्ले लामाको घरमा राखेका मुर्तीहरु सोनाम ढोक्पा गुरुङ्गले गुम्वोका मुर्ती चोरी गरेको प्रहरीले बताएको छ ।
निज आरोपितहरुले ३ थान बुद्धको मुर्ति , बुद्ध धर्मलम्वी पुस्तक १ थान चोरी गरेको प्रहरीले बताएको छ । मुर्तीसंगै ३ थान पेस्तोल, ३२ राउण्ड गोली र ३ थान खोका समेत गरी चोरी भएको थियो । चोरी भएका मुर्तिहरुमध्ये २ थान मुर्ती, पुस्तक समेत बरामद भएको छप्रहरीले जनाएको छ । साविकको धो गाविस वडा नं ६ हाल डोल्पो बुद्ध गाउँपालीका ३ बस्ने धावा थापाको संलग्नता रहेको प्रहरीको भनाइ छ । आरोपितलाई डोल्पा अदालतमा उपस्थित गराइसकेको प्रहरीको भनाइ छ ।
मौरे लेखको रिर्पीटर टावर मर्मत पछि डोल्पामा टेलिफोन सेवा सुचारु
शुक्रबारबाट अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा आइतबार दिउँसोबाट सुचारु भएको छ । डोल्पाको मौरेमा रहेको रिपिटर टावरमा समस्या आइ शुक्रबार बेलुका देखि अवरुद्ध भएको टावर मर्मत पछि आइतबार दिउँसो सुचारु भएको नेपाल टेलिकम डोल्पाले जानकारी दिएको छ । टेलिफोन नहुँदा जिल्लाको संञ्चार सम्पर्क समेत विच्छेद भएको थियो ।










