दताविना क्रसर उद्योग सञ्चालन

जाजरकोट, ७ माघ (रासस) ः जाजरकोटमा अनुमति विना क्रसर उद्योग सञ्चालन भएको पाइएको छ । जिल्लाको भेरी नगरपालिका – १० भुरचौर नजिकै दत्र्ता विना क्रसर उद्योग सञ्चालनमा आएको हो ।
छिच्चु – जाजरकोट सडक खण्डको पिच गर्दा सञ्चालनमा आएको क्रसर उद्योग अहिले सम्म विना दर्ता सञ्चालनमा आइरहेको छ । छिन्चु –जाजरकोट सडक खण्डमा निर्माण भइरहेको पुलको काम गर्ने निर्माण व्यवसायी डिलिप लामाले सो उद्योग सञ्चालन गरिरहेका हुन् । लामाले भन्नुभयो “ जाजरकोट जिल्लामा क्रसर उद्योग सञ्चालन नभएकोले बाहिर बाट सामान आयात गर्न समस्य छ , छिटो काम गनर्का लागि कम्पनीको बिद्यान अनुसार भुरचौरमा क्रसर उद्योग सञ्चालन लयाएर काम सुरु गरेको हो ” ।
नगरपालिका भित्र कुनै पनि उद्योग सञ्चालन गर्नु अघि अनुमती लिनुपर्ने प्रावधान भएपनि भुरचौरको उद्योगले अहिले सम्म अनुमती नलिएको भेरी नगरपालिका निर्मित प्रशासकीय प्रमुख दल बहादुर घर्तीले जानकारी दिनुभयो । भेरी नगरपालिकाले चिठी लेख्दा सम्म उद्योगले कुनै प्रतिक्रिया दिएको भन्दै घर्तीले भन्नुभयो “ अव कार्यापालिकाको वैठक राखेर निर्णय गराइ कारवाही प्रक्रिया अगाडी बढाइ छ , हामीले लेखेको पत्रको जवाफ नै दिएको छैन्”। जिल्लामा गिट्टी कुट्नका लागि केही स्थानीयले अनुमती लिएपनि अन्य उद्योग सञ्चालन गर्नका लागि कसैले पनि अनुमती नलिएको भेरी नगरपालिकाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले क्रसर उद्योग बारेमा अनुगमण जाँन लागेको बताउँदै भननुभयो “ हामी अनुगमण गरेर कानुन बिपरित नचलेको भए हदै सम्मको कारवाही गछौँ ” ।




सम्बन्धित समाचार


error: Content is protected !!