तीस महिनामा ३५ किमी कालोपत्रे गर्ने गरी काम सुरु


हेमन्त केसी
काठमाण्डौं,  ः मध्यपहाडी लोकमार्गमा वर्षेनी सास्ती भोग्दै आएका  जाजरकोट  स्थानीयबासीले अवको तीस महिना भित्र कालोपत्रे सडकमा यात्रा गर्न पाउने भएका छन् ।
मध्यपहाडी लोकमार्ग अन्तरर्गत जाजरकोट खण्डमा कालोपत्रेको काम सुरु भएपछि यहाँका स्थानीयको सास्ती हट्ने भएको हो । तीस महिना भित्र ३५ किलोमिटर सडकमा कालेपत्रे गरी सक्ने गरीे शर्मा, सिहं एण्ड ब्रदर्श जेभी काठमाडौंले कामको जिम्म लिएपछि अवको तीस महिना भित्र मध्यपहाडी लोकमार्ग कालोपत्रे हुँने भएको हो । दैनिक यातायातका साधनहरु धकेल्दै , धुलाम्य बन्दै यात्रा गर्न वाध्य स्थानीयहरु अव कामको सुरुवात संगै खुसी भएको भेरी नगरपालिका जगतीपुरका सन्देश आचार्यले बताए । तोकिएको मितिमा कालोपत्रेको काम सक्ने गरी कामको गती बढाएको जेभीका प्रतिनिधी बिश्वास उप्रेतीले बताए।
सडकको ७ मिटर चौडाई बनाएर कालोपत्रे गर्ने गरी सम्झौता भए अनुसार यूद्धस्तरमा काम भईरहेको उनको भनाई छ । उप्रेतीका अनुसार १७ किलो मिटरको दुरीमा रहेको कुदु – गिमासम्मम एक भाग गरी काम सुरु गरिएको छ भने गीमा – छेडागाड नगरपालिकाको कार्कीगाउँ सम्म १८.५ किलोमिटरको अर्को भाग बनाइ एकै पटक काम सुरु भएको छ । पहिलो चरणमा ४९ करोड २६ लाखमा काम हुँने छ भने अर्को भागमा ५० करोड ४७ लाखको काम हुँने उप्रेतीले बताए ।
मध्यपहाडी लोकमार्ग अन्तरर्गत जाजरकोट खण्डमा सडक ट्याक औपन गरेर बीचमै छोडेको भन्दै यहाँका स्थानीयले पटक , पटक वन तथा वातारण मन्त्री शक्तिबहादुर बस्नेत , जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल , सांसद गणेसप्रसाद सिंहलाइ ज्ञापन पत्र बुझाउदै आएका थिए ।

बन मन्त्री बस्नेतको प्रतिनिधीसभाको सदस्यको लागि उम्मेदवार हुदा सडकको स्तरउन्नती सँगै कालोपत्रे गर्ने चुनावी नारा समेत रहेको थियो । प्रतिनिधीसभा चुनावमा जितेर मन्त्री भएको करिव वर्ष पुग्नै लाग्दा जाजरकोट खण्डको सडकमा कालोपत्रेको काम सुरु भएको छ भने सोही सडकमा ३३ केभि केन्द्रीय विद्युतको लाईन विस्तारको काम समेत भएको छ ।
पाँचथरको चित्रेभञ्ज्याङ देखि बैतडीको झुलाघाटसम्म १ हजार ७ सय ७६ किलामिटर लम्बाई रहेको रहेको मध्यपहाडी लोकमार्ग जाजरकोटमा ८२ किलोमिटर रहेको छ । ३५.५ किलोमिटरमा काम सुरु भएको र बाँकी सडकमा डिपिआरको काम सुरु भएको मध्यपहाडी लोकमार्ग दैलेख कार्यालयका प्रमुख डि नारायणप्रसाद निउरेले बताए ।
डिपीआर पुरा भएमा जाजरकोटको बाँकी खण्डको पनि यसैबर्ष टेण्डर गरी काम सुरु गर्ने बताए । मध्यपहाडी लोकमार्गको थलहमा रहेको छेडागाड खोलामा पुल निर्माणका लागि टेण्डर भइ , निर्माणको जिम्म पाएको निर्माण कम्पनीले केही दिन भित्र कामको सुरुवात गर्ने कार्यालयले जनाएको छ । यत्ता यो सडकमा कालोपत्रेको काम पुरा भएमा दैलेख जाँन एकदमै छोटो पर्ने गर्दछ् । मध्यपहाडीको काम सुरु भयो भन्दैमा कानमा तेल हालेर नबस्न सवैलाई जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताए ।
भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले सडकमा गुणस्तर हुनुपर्ने भन्दै बेला , बेलामा अनुगमण जारी राखेको बताए । मध्य पहाडी लोकमार्ग स्तरउन्न्ती भएमा जिल्लाका भेरीनगरपालिका, छेडागाडनगरपालिका, शिबालय गाउँपालिका , जुनिचाँदे गाउँपालिकामा यातायात सञ्चालनमा सहयोग पुग्नुका साथै सडक बिस्तारमा सजिलो हुँने छ । सडक नहुँदा यहाँका भारी मात्रामा विकास , निर्माणका कामहरु अलपत्र पदै आएका छन् । भौर्तिक संरचना निर्माणका लागि आवश्यक सामग्री लिन समस्य हुँदा बर्षेनी म्याद थप्ने काम हुँने गरेको छ ।
ठुला विद्युतका आयोजना देखि भवण निर्माणका काम समेत प्रभावित भएका छन् । गाउँ , गाउँमा विकास निर्माणका काममा ढुवानीको समस्य हुँदै आएको थियो । गाउँमा उत्पादित बस्तुले मुल्य बजार नपाउँदा अर्थ उर्पाजनको बाटोमा अवरोध सिर्जना हुँदै आएको थियो ।





error: Content is protected !!