देउवालाई पनि कारबाही हुनुर्पछ , डा महत

ज्ञानु गौतम रुकुम ,नेपाली काँग्रेसका नेता डा रामशरण महतले स्थानीय सरकारहरुले मनोमानी कर उठाईरहेको बताउनु भएको छ । , प्रेस युनियन पश्चिम रुकुमले चौरजहारीमा गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै उहाँले बजेट खर्च मनोमानी रुपमा गरिरहेको, भष्टाचार बढिरहेको भएपनि संघिय सरकारले नियन्त्रण गर्न नसकेको आरोपलगाउनु भयो ।
देशमा अराजकता बढेपनि सरकारले सुशासन कायम गर्न नसकेको समेत बताउनु भयो । उहाँले देशमा अराजकता र भष्टाचार मौलाउदै गएको बताउँदै सरकारले विकास र सुशासन दिन नसकेको आरोप लगाउनुभयो । प्रधानमन्त्री केपी शर्मा वली सानातिना कुरामा अल्झिएको बताउँदै यो राम्रो कुरा होइन प्रधानमन्त्रीले समन्वय गर्ने र निर्देशन दिने हो तर हरेक कुरामा आफै हस्तक्षेप गरेको आरोप लगाउनु भयो ।

अर्को प्रसंगमा उँहाले वाइडबडी जहाज खरीदमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दोषि भएमा पनि कारबाहि हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका नेता महतले उक्त अनियमिततामा संलग्न जोसुकै भएपनि कारवाहीको भागेदार हुनुपर्नेमा जोड दिनुभयो । उहाले पार्टि भित्रका केहि ब्यक्तिको ब्यबहारका कारण चुनाबमा हार ब्यहोर्नु परेको बताउनु भएको छ ।





error: Content is protected !!