छिन्चु – जाजरकोट सडकको विजोक

जाजरकोट ः छिन्चु – जाजरकोट सडक खण्ड अन्तरर्गत जाजरकोटको भेरी नगरपालिका ११ स्थित पासागाड खोला नजिकैको कालोपत्रे सडकमा ठुला दुइ खाल्डा परेको दुइ वर्ष पुग्न लाग्यो ।
सोहि खाल्डाका कारण मोटरसाइकल तथा ठुला यात्रुवाहक गाडीलाइ ती खाल्डाहरु पार गर्न निकै सकस पर्ने गरेको छ । जाजरकोट सदरमुकाम प्रवेशको मुख्य सडक द्धार रहेको उक्त सडकमा कालोपत्रे उम्किएर भैसी बस्न मिल्ने पानीको ताल बनेको छ । सो सडकमा साना ठुला गाडी र मोटरसाइकललाइ पानीको ताल बनेका खाल्डाहरु पार गर्न सास्ती हुन थालेको दुइ वर्ष पुग्न लागेपनि चौरजहारीमा रहेको सडक डिभीजन कार्यालय र जिल्लाका जनप्रतिनिधि र सरोकारवालाहरुले भने नदेखे झै गरेका छन् । जिल्ला सदरमुकाममा प्रवेश गर्ने सडकको वेहाल हुदा पनि त्यहि वाटोमा हिड्न स्थानीय तह, प्रदेश तह र संघीय संसदका प्रतिनिधिहरु र सडक विभागका कर्मचारीहरुको वेवास्ताका कारण ठाउँ ठाउँमा सडकका खाल्डाहरु वढ्दै गएका छन् ।
मटेला देखि वोहराको उकालो हुदै शान्तिचौतारा र ठाँटीवजार सम्मको कालोपत्रे सडकमा खाल्डाहरुले गाडीको यात्रा जोखिमपुर्ण बनाएको छ ।खाल्डाखुल्डीले सडक विग्रदै गएको भएपनि सरोकारवालाहरुको वेवास्ता भएपछि स्थानीयहरु निकै आक्रोसित बनेका छन् । यहि सडक भएर जिल्लाका साँसदहरु, ठुला कर्मचारीहरु , सडक विभागका इन्जिनियरहरु पटक पटक यात्रा गरिरहन्छन् तर ती खाल्डाहरु पुर्ने या सडक मर्मत गर्नेवारे कोहि कसैले पनि अहिले सम्म मतलव गर्दैनन् स्थानीय खगेन्द्र सिंहले भने । पासागाडको छेउमा मात्र होइन उक्त सडक खण्डको जाजरकोट र सुर्खेतको सिमाना रहेको छेडाचौर वजार देखि सदरमुकाम खलंगा सम्मको कालोपत्रे गरिएको सडकमा साना ठुला गरि सयौं खाल्डाहरु भएपनि कसैले नदेख्ने गरेको उनले बताए । सडकमा खाल्डाखुल्डी र भत्केको सडक लामो समय सम्म जस्ताको तस्तै भएपनि सरोकारवालाहरुले वास्ता नगर्दा गाडीको यात्रा असहज मात्र होइन जोखिमपुर्ण समेत बनेको यातायात व्यावसायी कालीबहादुर खत्रीले बताए ।
सधै नेताहरु र ठुला कर्मचारीहरु यहि सडकमा हिड्छन् तर कहिले पनि विग्रेको सडक किन देख्दैनन होला? उनले प्रतिप्रश्न गर्दै भने । कालोपत्रे गरेको सडकमा बनेका दर्जनौं खाल्डाखुल्डी र कालोपत्रे भत्किएर निस्किएको धुलोका कारण यात्रुहरुलाइ सकस पनि हुने गरेको छ नजिकै सडक डिभीजन कार्यालय छ तर सडकको हालत विग्रेको विग्रयै छ उनले भने ।सदरमुकाम प्रवेश गर्ने कालोपत्रे सडकको अवस्था देख्दा साँसद मन्त्री र सडक विभागका कर्मचारीहरुले लाज मान्नु पर्ने हो तर केहि वास्ता गर्दैनन, अर्का स्थानीय जितेन्द्र नेपालीले भने । हामीले यो सडकमा खाल्डा परेको देख्न थालेको नै दुइ वर्ष पुग्न लाग्यो तर सडक मर्मत तथा सुधारका लागि केहि भएको देखिदैन उनले भने ।
छिन्चु जाजरकोट सडक खण्डको ३९ किलोमिटर लम्वाइ पर्ने जाजरकोट क्षेत्रमा मात्र होइन सुर्खेत र सल्यान जिल्लाको १ सय २ किलोमिटरको लम्वाइ रहेको उक्त सडक क्षेत्रमा पनि सडकका खाल्डाखुल्डीले यातायातका साधनहरु निर्वाध चल्न समस्या देखिएको छ । सडकको अवस्था विग्रदै गएको र सरोकारवालाहरुले सडक मर्मत र सुधार गर्ने तर्फ कुनै चासो नदिएका कारण आफुहरुले निकै जोखिम र कष्ट वेहोर्नु परेको यातायात व्यावसायीहरु बताउछन् । सडकका खाल्डाखुल्डी र सडकमा थुप्रिएको वर्षातको पहिरोले गाडीको यात्रा जोखिपुर्ण वनाएको व्यावसायीहरुको भनाइ छ ।
दुख जनता र यातायात व्यावसायीलाइ छ देखुन पनि कसरी ? अर्का व्यावसायी डम्वर केसीले भने । उनले जनताले कति दुख पाएका छन् त्यो नेताले र राष्ट्रसेवकले गतिलो अनुभुति नगर्दा वर्षाैै सम्म सडकको वेहाल बनेको बताए । भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले सडक भत्केको खाल्डाखुल्डी परेको वारेमा सडक विभागसंग आफुले तत्काल कुरा गर्ने बताए ।उनले नगरपालिकाको तर्फबाट अग्रसरता लिएर आफनो नगरपालिका क्षेत्र भित्रको कालोपत्रे सडक र कच्ची सडकको मर्मत तथा स्तरोन्नतिका लागि पहल गर्ने बताए ।
स्थानीय जनताले भने जिल्लाको सडक निर्माणका क्रममा सडक विभाग र निर्माण व्यावसायीहरुले गुणस्तरहिन काम गरेपनि जनप्रतिनिधिहरुले गतिलो चासो र पहल नलिएको गुनासो गर्ने गरेका छन् । यस वारेमा सडक डिभीजन कार्यालय चौरजहारीका निमित्त प्रमुख कुशल भुषालले सडक विग्रेको वारे आफुलाइ जानकारी नभएको बताए । उनले अब तत्काल उक्त सडकमा गएर हेरविचार गरि गर्नु पर्ने काम गर्ने बताए । जे जे गर्न सकिन्छ सडकका खाल्डाखुल्डीहरु पुर्न आफुले पहल गर्ने भएपनि चिसोका कारण कालोपत्रे गर्न समस्या पर्ने बताए ,कुशेअनलाईनमा खवर छ ।





error: Content is protected !!