तेस्रो जाजरकोट महोत्सव बन तथा बातावरण मन्त्रीद्धारा उद्घाटन (फोटो फिचर)

जाजरकोट ः जाजरकोटमा तेस्रो जाजरकोट महोत्सव उद्घाटन गरिएको छ । जाजरकोट भेरी नगरपालिकाको त्रिभुवन माविको प्रांगनमा सुरु भएको तेस्रो जाजरकोट महोत्सव बन तथा बातावरण मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, पुर्व शान्ति मन्त्री तथा सांसद सत्य पहाडी , कर्णाली प्रदेशकै भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी ।
महोत्सव पाँच दिन सम्म चल्ने छ । जाजरकोटको कृषि तथा बन बातावरणमा महोत्सले महत्वपुर्ण योगदान पुर्याउने सांसद सत्य पहाडीले जानकारी दिनुभयो ।











