दाङ बस दुर्घटना ,मृत्यु हुनेको संख्या १६

बु

टवल– दाङमा आज साँझ भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनास्थलमा उद्वारका लागि पुगेका ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाहीसँग सम्पर्क राख्दा उनले ३ जना महिला र १३ जना पुरुषसहित १६ जना मृतकको शव फेला परेको जानकारी दिए ।

घटनामा परेका १३ जना गम्भीर घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पतालमा लगिएको जनाइएको छ । त्यसमध्ये ८ जना पठाइसकेको र ५ जना लगिदै गरिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ९ जना महिला र ४ जना पुरुष रहेको बताइएको छ ।

शहिद कृष्णसेन प्राविधिक विद्यालयका शिक्षक तथा विद्यार्थीसहितको टोली चढेको बस सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमणबाट फर्किने क्रममा दुर्घटनामा परेको हो ।

विद्यालयले ३२ जना विद्यार्थी र २ जना शिक्षक र १ जना चालक र १ जना सहचालक बसमा सवार रहेको बताएको डिएसपी शाहीले बताए । बसमा बीच बाटोबाट समेत केही यात्रु चढेको आशंका प्रहरीले गरेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!