सशस्त्रका सबै गुल्मपतिदेखि बाहिनीपतिसम्म राजधानीमा

काठमाडौं । संगठनको भावी रणनीति तय गर्न सशस्त्र प्रहरी बल नेपालको दुई दिने ‘ईकाई प्रमुख सम्मेलन २०७५’ आइतबारदेखि राजधानीमा सुरु भएको छ ।
सहभागितामूलक नेतृत्वको माध्यमबाट नीति निर्माण गर्न सुरु भएको सम्मेलन सोमबार सकिने छ । सम्मेलनमा सातवटै क्षेत्रका बाहिनीपति ९डीआईजी० देखि गुल्मपतिसम्मको सहभागिता रहेको छ । यसका अतिरिक्त सम्मेलनमा सशस्त्र प्रहरी प्रधान कार्यालय, उपत्यकाका अन्य कार्यालयका उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका ईकाई प्रमुखहरुबीच राज्यद्वारा संगठनलाई प्रदान गरिएका कार्यादेशहरुलाई प्रभावकारी ढंगले पूरा गर्ने र संगठनले निर्धारण गरेको प्राथमिकताका क्षेत्रहरुभित्र रहेर गहन अध्ययन, प्रस्तुतीकरण र छलफल तथा समिक्षा हुने भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आइतबार एक समारोहका बीच पानसमा द्विप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गगरे ।

त्यसअवसरमा बोल्दै गृहमन्त्री थापाले सशस्त्र प्रहरी बल नेपाल स्थापनाको छोटो समयमै एउटा महत्वपूर्ण सुरक्षा संगठनको रुपमा स्थापित भएको चर्चा गर्दै देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका इकाई प्रमुखहरुबीच आपसमा गहन छलफल र विश्लेषण गरिने यो सम्मेलनबाट महत्वपूर्ण निष्कर्ष निस्कने अपेक्षा गरे । सम्मेलनबाट निस्कने निर्णयलाई कार्यान्वयन गर्न आफू गम्भीर रहने पनि उनको सो अवसरमा बताए ।

गृहमन्त्री थापाले संगठनलाई प्राप्त जिम्मेवारी पूरा गर्ने क्रममा विगतमा सम्पादन भएका कामकारवाहीहरुको सम्मेलनमा सूक्ष्मढंगले समिक्षा हुने हुँदा आगामी दिनमा अझै परिस्कृत रुपमा अगाडि बढ्न र संगठनको सुदृढीकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरे । उनले भविष्यमा आउन सक्ने सुरक्षा चुनौतीहरुको सामना गर्न समेत सहज हुने विश्वास व्यक्त गरे ।

गृहमन्त्री थापाले सम्मेलनबाट परिस्कृत भई आएका निष्कर्षबाट संगठनलाई आवश्यक नीति, रणनीति र योजना तर्जुमा गर्न मात्र नभई राष्ट्रिय सुरक्षा नीति निर्माणमा समेत महत्वपूर्ण सहयोग पुग्ने बताए ।

गृहमन्त्री थापाले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन, राजश्व चुहावट नियन्त्रणलगायतका सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त कार्यादेशहरुमा संगठनका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुबाट उल्लेखनीय कार्य सम्पादन भइरहेको चर्चा गर्र्दै अन्तर्राष्ट्रिय स्तरमा समेत विश्वशान्ति स्थापनामा सशस्त्र प्रहरी बल नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सुनाए ।

गृहसचिव प्रेमकुमार राईले पुनर्संरचना पश्चात देशका ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल नेपालको कार्यालयहरु स्थापना भएको र हुने क्रममा रहेको उल्लेख गर्दै सबै तहका कमाण्डरहरु उपस्थित हुने गरी आयोजित यस सम्मेलनले राष्ट्रको समग्र शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे सुक्ष्म विश्लेषण हुने विश्वास व्यक्त गरे । उनले यस्ता सम्मेलनबाट बलका राष्ट्रसेवकहरुले कार्यक्षेत्रमा भोगेका व्यवहारिक समस्या, कठिनाई, सुरक्षा चुनौती र सम्भावित सुरक्षा चुनौतीहरु पहिल्याई ठोस योजना र स्पष्ट खाकासहितको कार्य योजना तयार गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु सीमानामा तैनाथ रही राष्ट्रियताको जगेर्ना एवं नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्धार गर्ने कार्यमा राज्यले सुम्पिएको दायित्व पूरा गरी आपूmलाई प्रभावकारी ढंगले परिचालन गरेर कार्यक्षेत्रमा परिणाममुखी कार्य सम्पादन गर्दै आईरहेको बताए । उनले संगठनले मानवअधिकारको संरक्षण र सम्बद्र्धन, महिला तथा बालबालिकामा हुने हिंसामा शून्य सहनशीलता, भ्रष्टाचारमा शून्य सहनशीलता, लागूऔषध निषेध जस्ता सरकारका नीतिलाई कडाईकासाथ अवलम्बन गर्दै आइरहेको चर्चा गर्दै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई ईमान्दार, कर्तव्यनिष्ठ, व्यावसायिक र अनुशासित भई कार्यक्षेत्रमा सकृय रहन निर्देशन दिए । सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र जनताका खातिर सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो स्वार्थ र सुख सुविधालाई त्यागी नेपाल र नेपालीले सदैव गर्व गर्न सक्ने राष्ट्रसेवक बन्न सक्नुपर्ने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के।सी।ले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै व्यवस्थापनको क्षेत्रमा अत्यन्त महत्वपूर्ण मानिने सहभागितामूलक नेतृत्वको माध्यमबाट गरिने नीति निर्माण संसारभर सफल भएको चर्चा गरे ।





error: Content is protected !!