अनि हुन्छ जीवन लामो

लामो समयसम्म बाँच्ने सबैको चाहना हुन्छ । कति लामो बाँच्ने भन्ने पूर्णतः आफ्नो हातमा नहोला १ यद्यपि के आफ्नो जीवनको आयु लम्ब्याउन तपाईंले कहिल्यै केही सोच्नुभएको छ रु यदि छैन भने अब यस्ता कुरामा विशेष ध्यान दिन सक्नुहुनेछ स्
सुखी र लामो जीवन चाहनुहुन्छ भने तनावबाट टाढा रहन आवश्यक हुन्छ । किनभने, तनावको स्नायुसम्बन्धी रोगसँग सीधा सम्बन्ध हुन्छ । विश्वका कैयौँ देशमा तनावलाई टाढा राख्न फरक–फरक शैली अपनाइएको पाइन्छ ।
पछिल्लो समय संयुक्त परिवारको संस्कार बिस्तारै हट्दै गएको छ । तर, संयुक्त परिवार पनि घरमा खुसी छाउने एउटा माध्यम हो । जहाँ बच्चाले एक–अर्काबाट संस्कार सिक्छन् । अनि तनाव दूर गर्ने र स्वस्थ रहने आइडिया लिन्छन् ।
सामाजिक काममा सक्रिय रहँदा पनि लामो जीवन बाँच्न सहयोग मिल्छ । किनकि, यसबाट पनि तनावबाट टाढा रहन सकिन्छ । जुनसुकै कामलाई पनि एक्लै फत्ते गर्न सक्छु भन्ने कुरा दिमागबाट हटाउन जरुरी हुन्छ ।
स्विस्थ रहन र लामो समयसम्म बाँच्न व्यायामलाई जीवनशैलीको अंग बनाउन जरुरी छ । व्यायामले फिट र सुन्दर मात्र बनाउँदैन, विभिन्न रोगबाट टाढा राख्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । व्यायामका लागि स्विमिङ, साइक्लिङ, मर्निङवाक गर्न सक्नुहुन्छ ।
धूम्रपान र मद्यपानबाट टाढा रहँदा कैयौँ शारीरिक खतराबाट टाढा रहन सकिन्छ । यस्तो पदार्थको सेवनले पारिवारिक जीवनलाई पनि तनावग्रस्त बनाउँछ । जसले तनाव बढाउँछ ।
जीवनलाई सुन्दर बनाउन चाहनुहुन्छ भने सकारात्मक सोच निकै महत्वपूर्ण हुन्छ । सकारात्मक सोचले जहिले पनि सकारात्मक परिणाम ल्याउँछ । र, ऊर्जा पनि प्राप्त हुन्छ । अनि जीवन खुसी हुन्छ । तसर्थ, सधैँ सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्छ ।
फाइबर, भिटामिन, मिनरल्सयुक्त खाद्यपदार्थको नियमित प्रयोग दैनिक खाने खानामा हुन जरुरी हुन्छ । यसमा अझ हरियो तरकारीको सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ ।










