प्रथम विश्वयुद्ध अन्त्यको सय वर्ष, फेरि संसार युद्धतर्फ धकेलिँदै छ ?

‘जब व्यापार रोकिन्छ, तब कहिलेकाँही युद्ध सुरु हुन्छ । त्यसकारण व्यापार युद्ध रोक्ने बाटो पनि हो,’ गत अक्टोबर ४ मा स्विट्जरल्यान्डको जेनेभामा भएको विश्व व्यापार संगठनको एक कार्यक्रममा विश्वविख्यात कम्पनी अलिबाबाका कार्यकारी अध्यक्ष अर्बपति व्यापारी ज्याक माले भनेका थिए, ‘व्यापार विश्वास कायम गर्ने बाटो पनि हो, एकअर्काविरुद्ध युद्ध गर्ने हतियार होइन ।’ यतिबेला अमेरिका र चीनबीचको व्यापार युद्धले अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो चर्चा पाइरहेको छ ।
कतिपयले यसले युद्ध निम्त्याउने खतरा पनि औंल्याएका छन् । व्यापार युद्ध मात्रै होइन संसारमा यतिबेला भिन्न तरिकाले विश्वयुद्ध नै भइरहेको छ । पश्चिम एसियाली क्षेत्रमा फैलिएको आतंकवाद होस् या आतंकवादलाई नियन्त्रण गर्न सुरु गरिएको पश्चिमा हस्तक्षेपपूर्ण युद्ध, अफ्रिकी मुलुकमा देखिएको संकट, युरोपेली र अमेरिकी भूमिमा उदाएको राष्ट्रवाद, ल्याटिन तथा मध्य अमेरिकी देशभित्र रहेको आन्तरिक संकट र त्यसबाट विस्थापित हुन पुगेका हजारौं आप्रवासीहरूको कष्टपूर्ण अवस्था, मुस्लिम राष्ट्रमा देखिएको धार्मिक युद्ध होस् यी सबै युद्ध र अवस्थाले मानव जीवनलाई कष्ट दिएकै छ ।
अमेरिका र इरानबीच देखिएको तनाव, साउदी र इरानबीचको संघर्ष, खाडी राष्ट्र कतारमाथि लगाएको नाकाबन्दी, सिरिया र यमन संकट, अफगानिस्तानमा फैलिएको आतंकवाद र त्यसविरुद्ध अमेरिकाले गरिरहेको युद्ध, रुस र युक्रेनबीचको फाटो, स्पेनमा गत वर्षमात्रै भएको क्याटलोनिया जनमत संग्रहजस्ता घटनाक्रमले कुनै न कुनै रुपमा विश्वलाई संकटतर्फ
धकेलिरहेकै छन् ।
तर ‘युद्ध’ आजको प्रवृत्ति भने होइन । विश्वमा दुईवटा विश्वयुद्ध नै भएका छन् भने विश्युद्धअघि सन् १६८९ देखि १८१५ मा भएको बेलायत र फ्रान्सबीचको युद्ध उत्तर अमेरिका, अफ्रिका र एसियासम्म फैलिएको थियो । तर यो युद्ध युरोपका सरकारबीचमा सीमित बनेको थियो । सबैभन्दा भयानक रूप लिएको पहिलो युद्ध भने सन् १९१४ जुलाईदेखि १९१८ नोभेम्बरसम्मको युद्ध हो । जसलाई हामी प्रथम विश्वयुद्धका नामले चिन्छौं । यो विश्वयुद्धमा तत्कालीन विश्वका सबै शक्तिशाली राष्ट्रहरू अस्ट्रिया–हंगेरी, फ्रान्स, जर्मनी, बेलायत, इटाली, रुस, जापान, उत्तर अमेरिकाका राष्ट्रहरूसहित सहभागी थिए । सन् १९१८ सम्ममा विश्वका करिब ९७ प्रतिशत जनताहरू कुनै न कुनै रूपमा युद्धमा सहभागी हुन पुग्नुले यो युद्धको व्यापकता र भयानकता दुवैलाई बुझ्न सकिन्छ ।
सन् १९१४ को जुलाई २८ मा बाल्कन राज्यको सानो सहर सेराजेभोमा सर्बियालीले अस्ट्रिया–हंगेरीका हेब्स बुर्क राजवंशका उत्तराधिकारी आर्क ड्युक फर्डिनान्ड र उनकी पत्नी सोफियाको हत्या भएपछि औपचारिक रूपमा प्रथम विश्वयुद्ध सुरु भयो । विश्वयुद्धमा जर्मन अस्ट्रिया–हंगेरीको पक्षमा उभिए भने रुसी जारशाह सर्बियाको पक्षमा लागे । अस्ट्रियाले सर्बियामाथि आक्रमण ग¥यो भने जर्मनीले बेल्जियमबाट फ्रान्समाथि हमला ग¥यो । चार वर्षभन्दा लामो समय चलेको यस विश्वयुद्धमा २ करोडभन्दा बढी निर्दोष मानिसहरू मारिएको बताइए पनि यो संख्या निकै बढी भएको बताइन्छ ।
प्रथम विश्वयुद्ध सयौं युद्धको शृंखला हो । तर केही यस्ता महŒवपूर्ण युद्ध भए, जसबाट प्रथम विश्वयुद्ध र यसको विस्तृतीकरणलाई सहज रूपमा बुझ्न सकिन्छ । जसमा टेनेनबर्ग ९२६ देखि ३१, १९१४०, मार्न ९५ देखि १० सेप्टेम्बर, १९१४०, सरी बइर अनि सवला खाडी ९६ देखि १० अगस्त, १९१५०, भर्दु ९२१ फेब्रुअरी, १९१६ देखि २० अगस्त, १९१७०, आमिऐ ९८ देखि ११ अगस्त, १९१८०, एवं वित्तोरिओ बेनेटो ९२३ देखि २९ अक्टोबर, १९१८० आदि प्रमुख युद्ध हुन् ।
आर्क ड्युक फर्डिनान्डको हत्यालाई प्रथम विश्वयुद्धको सुरुवातका रूपमा लिइए पनि यो हत्या प्रकरण प्रथम विश्वयुद्धको निमित्त कारण मात्रै हो । युरोपेली मुलुकमा विकास भएको प्रविधि र हतियारको निर्माण आदिका कारण युरोप सैन्य संसाधनका हिसाबले शक्तिशाली बनेको थियो । सन् १८१५ मा नेपोलियनले बेलायतमाथि गरेको आक्रमण र वाटरलुको युद्धमा भोगेको पराजयले विश्वमाथि बेलायतको दबदबा यतिसम्म बढेको थियो कि ऊ डामेर छाडेको साढेजस्तो भएको थियो । बेलायत, जर्मनी र फ्रान्सले विश्वको लाखौं वर्गमाइल क्षेत्रफल र जनतालाई कब्जा गरेका थिए । त्यतिबेला पश्चिमा देशमा विलासिता र भोगबिलास व्याप्त थियो भने पूर्वीदेशहरू अध्यात्मवादमै रुमल्लिएका थिए । विश्वमा वर्चस्व कायम गर्ने होडमा युरोपेली देशहरू अघि रहे पनि उनीहरूबीच लामो समयसम्म तालमेल कायम रहन सकेन । यसैको टक्करको परिणाम हो, प्रथम विश्वयुद्ध ।
अर्को महŒवपूर्ण पक्ष आर्थिक रूपमा निकै सबल भइसकेका यी राष्ट्रहरूबीचमा रेलवे निर्माण, नहर, तेलभण्डार कब्जा गरेर थप शक्तिशाली बन्ने ‘भूत’ सवार थियो । यी व्यापारिक संघर्षको पृष्ठभूमिमा थुप्रै आर्थिक र सैन्य युद्धहरू भइसकेका थिए । बेलायतको कब्जामा धेरै उपनिवेशहरू थिए । जहाँ उसले एकातर्फ आफ्नो व्यापार विस्तार गरिरहेको थियो भने अर्कोतिर ती देशमा भएका उद्योगका कच्चा पदार्थमा नियन्त्रण कायम गरेको थियो । युरोपको दोस्रो शक्तिशाली राष्ट्र जर्मनीले भने युरोपभरि व्यापार विस्तार गरेको थियो । जुन क्रममा बगदाद रेलवे बनाउने समझादारीदेखि अटोमन साम्राज्य हुँदै अफ्रिकासम्म पुगेका थिए । यसलाई छोटकरीमा भन्दा प्रथम विश्वयुद्ध बढीभन्दा बढी उपनिवेश कब्जा गर्ने होडमा भएको थियो । पछि भएको दोस्रो विश्वयुद्धले त ती उपनिवेशलाई या त मुक्त पा¥यो या त स्वतन्त्रता आन्दोलन चर्कायो । इतिहासको कुनै कालखण्डमा आफ्नै अलग अस्तित्व र पहिचान भएका तर विभिन्न देशको कब्जामा परेका कतिपय क्षेत्रमा अहिले पनि हामी स्वतन्त्रताका लागि जनमत संग्रह भएका या सशस्त्र युद्ध भएको पाउँछौं ।
प्रथम विश्वयुद्धका क्रममा छलफलमा सहभागी हुँदै मित्रराष्ट्रका नेता
तत्कालीन अवस्था
प्रथम विश्वयुद्धका प्रमुख कारण तत्कालीन शक्ति संघर्ष र आर्थिक अवस्था तथा उपनिवेशमाथि कब्जाको रणनीति नै थियो । तर, यसका अलवा प्रथम विश्वयुद्ध निम्तनुको कारण त्यसबेला भएको सैन्यकरण ९मिलिट्रिज्म,० गठबन्धनको निर्माण ९अलाइन्स०, साम्राज्यवाद ९इम्पेरिअलिज्म० र राष्ट्रवाद ९राष्ट्रवाद० पनि हुन् । जसलाई एमएआईएनका रूपमा व्याख्या गर्ने गरिएको छ ।
सैन्यकरण स् यसले युरोपलाई युद्धतिर धकेलिदियो । हरेक देशले जसरी पनि आधुनिक हतियारबाट सेनालाई लैस गराउने प्रयास गरे । त्यसबेलाका मेसिनगन, ट्यांक, बन्दुकले सजिसजाउ गरिए र भविष्यको युद्धका लागि ठूलो संख्यामा सेनाको निर्माण गरियो । यसमा बेलायत र जर्मनी सबैभन्दा अघि थिए । यो हुनुका पछि औद्योगिक विकास थियो । औद्योगिक क्रान्तिले यी देश धेरै विकसित भए र आफ्नो क्षमता विस्तार गरे भने अन्य देशहरू पनि बेलायत र जर्मनीलाई पछ्याइरहेका थिए । जसले गर्दा उनीहरूले उत्कृष्ठ सैन्य क्षमता निर्माणको अवधारणामा अघि बढे र आधुनिक सैन्य क्षमताको विकास यहीबाट सुरु भयो ।
गठबन्धन प्रणाली स् युरोपमा १९औं शताब्दीमा शक्ति सन्तुलन स्थापित गर्नका लागि विभिन्न गठबन्धनको निर्माण गर्न सुरु भयो । कतिपय गोप्य सन्धिका आधारमा पनि गठबन्धन बने । जसबारे कुनै तेस्रो देशले समेत थाहा पाउँदैन थिए । जस्तो १८८२ मा जर्मनी, अस्ट्रिया–हंगेरी र इटालीबीचको सन्धि र सन् १९०७ मा फ्रान्स, बेलायत र रुसबीच भएको सन्धिलाई लिन सकिन्छ । सन् १९०४ मा नै फ्रान्स र बेलायतबीच भएको यो सन्धिमा १९०७ मा रुस सामेल भएको थियो । यद्यपि इटालीले जर्मनी र अस्ट्रिया–हंगेरीको साथ छाडेर युद्धका क्रममा बेलायत र फ्रान्ससँग मिल्न पुगेको थियो ।
साम्राज्यवाद स् प्रथम विश्वयुद्धअघि जति पनि पश्चिम युरोपका देशहरू थिए, उनीहरूले अफ्रिका र एसियाका धेरै देशलाई उपनिवेश बनाएका थिए र यो दौड जारी थियो । जसलाई ‘स्क्रेम्बल अफ अफ्रिका’ पनि भनिन्छ । सन् १८८० पछि युरोपका ठूला देशहरू फ्रान्स, जर्मनी, नेदरल्यान्ड, बेल्जियमजस्ता देशको मुख्य अभियान नै अफ्रिकाको ठूलो क्षेत्रमाथि नियन्त्रण कायम गर्नु थियो । जसको नेतृत्व बेलायतले गरिरहेको थियो । यसको कारण भनेको त्यसबेला बेलायत उपनिवेश निर्माणमा सफल थियो र विश्वको २५ प्रतिशत क्षेत्रमा बेलायतको अधिन थियो । जसबाट बेलायतले ठूलो धनराशि कुम्ल्याउँथ्यो । यसैका कारण पनि बेलायतको सैन्य क्षमता वृद्धि भयो । किनकि, बेलायतको उपनिवेश कायम भएका देशको सैन्यशक्ति स्वतः बेलायतको सैन्य शक्तिका रूपमा थियो ।
राष्ट्रवाद स् १९औं शताब्दीमा राष्ट्रवादको जगजगी थियो । जर्मनी, इटालीसहितका अन्य देशमा राष्ट्रवादको आँधी नै चलेको थियो । यसले युरोपका कतिपय देश युद्धको अवस्थामा निश्चित जितका लागि तम्तयार थिए ।
प्रथम विश्वयुद्धको सय वर्ष पूरा भएको अवसरमा फ्रान्सको पेरिसमा आयोजित समारोहमा सहभागी हुँदै अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, जर्मन चान्सलर एन्जेला मर्केलसहित विश्वका नेता
अमेरिकाको संलग्नता
यो समयमा पूरै संसार युद्धमय थियो । अफ्रिकामा रहेका जर्मन उपनिवेश टोगो, तान्जानिया, क्यामरुन आदि देशमा फ्रान्सले हमला ग¥यो । यसका साथै माइक्रोनेसिया र जर्मन उपनिवेशमा जापानले आक्रमण ग¥यो । यो युद्धमा जापान संलग्न हुनुका पछि जापान–बेलायतबीचको सम्झौता थियो । यस्तै अटोमन जहाजले काला सागरमा रुसी बन्दरगाहमाथि हमला गर्न थाल्यो । कालासागरमा रहेको सेवास्तापोल रुसको सबैभन्दा महŒवपूर्ण बेस थियो । अटोमनकै गल्लीपोलीमा अस्ट्रेलिया र न्युजिल्यान्डका सैन्य बलले लडेका थिए । तर, यो युद्धमा सफलता मिलेन । यसका साथै ठूला महासागर क्षेत्रमा पनि नेभी युद्ध भयो । यसपछि जर्मनीले बनाएको यु बोट नामको पनडुब्बीबाट सबै शक्ति राष्ट्रका जहाजमाथि हमला ग¥यो । सैन्य जहाजसहित कतिपय सर्वसाधारणका जहाजमा पनि हमला भयो । अमेरिका र युरोपबीच चल्ने लुसिटानिया नामको एक जहाजमा हमला हुँदा करिब १ हजार २ सयको मृत्यु भयो । यो आक्रमणपछि अमेरिका पनि प्रथम विश्वयुद्धमा सामेल भएको थियो ।
प्रथम विश्वयुद्धमा भएको क्षतिले त्यसअघिका सबै युद्धको क्षतिलाई सामान्य साबित गरिदियो । युद्धमा मारिने, घाइते भएका र हराएकाहरूको संख्या यति ठूलो मात्रामा विश्वले कहिल्यै भोग्नु परेको थिएन । युद्धमा भएका उन्नत प्रकारका हातहतियारका कारण मृत्यु हुनेको संख्या ठूलो भयो । १ जुलाई १९१६ मा सोम्मेमा भएको एकैदिनको लडाइँमा ५७ हजार ४ सय बेलायती सैनिक मारिएका थिए । प्रथम विश्व युद्धका क्रममा एकै दिनमा बेलायतले भोगेको यो सबैभन्दा ठूलो क्षति थियो । प्रथम विश्वयुद्धमा कति सैनिक, सर्वसाधारण मारिए भन्ने एकीन तथ्य अहिलेसम्म पनि छैन । त्यसबेला अहिलेजस्तो तथ्यांक राख्ने संस्थाहरू धेरै थिएनन् र सञ्चारमाध्यम अहिलेको जस्तो शक्तिशाली र विकसित भइसकेका थिएनन् ।
तर यति चाहिँ भन्न सकिन्छ कि विश्वयुद्धका क्रममा मारिएका मध्ये ठूलो संख्या बम, गोलीबारुदकै कारण मात्र नभएर अनिकाल, रोगव्याधी र आमनरसंहारमा मारिएका थिए । यो महाविनाशपछि १८ जुन, १९१८ मा भएको वार्सा सन्धिअनुसार विश्वयुद्ध ११ नोभेम्बर, १९१८ मा समाप्त भयो । जसको ठीक सय वर्ष पूरा भएको छ । प्रथम विश्वयुद्धका क्रममा धेरै उथलपुथल घटनाहरू भए । युद्धले सामाजिक रूपमा चोट पु¥यायो र पछिसम्म पनि विभिन्न रूपमा प्रकट भए । युद्धको निराशा र भ्रमका कारण शून्यवादजस्ता निराशावादी सोचहरू पैदा भए । त्यसको अभिव्यक्तिस्वरूप पुँजीवाद र साम्राज्यवादको अन्त्य र कम्युनिस्ट र समाजवादी शासनको उदय भयो ।
प्रथम विश्वयुद्धकै क्रममा रुसमा लेनिनको बोल्सेभिक पार्टीले अक्टोबर क्रान्तिपछि सत्ता कब्जा ग¥यो । कतिपयले त्यसबेला समाजवादी शासन व्यवस्थालाई सत्तोसराप पनि गरे । भलै टिकाउन सकेनन् तर यी शासन त्यतिबेलाका उत्तम शासन थिए र अहिले पनि समाजवादी शासनभन्दा उत्तम विकल्प संसारमा आइसकेको छैन । बरु पुरानै पुँजीवादी शासन प्रजातन्त्रका नाममा चलिरहेको छ । अन्त्यमा विश्वले ठूलो धक्का खानुपरेको प्रथम विश्वयुद्धको एक सय वर्षपछि पनि विश्वको अवस्था करिब उस्तै छ । युरोपका शक्ति राष्ट्रहरू अहिले पनि शक्तिमा छन् भने अमेरिका, चीन, रुसजस्ता देश शक्ति उन्मादमै छन् । प्रथम विश्वयुद्धपछि विश्वमा फेरि यस्ता युद्ध हुन नदिन धेरै कदमहरू चालिए पनि तिनीहरूले सार्थकता पाउन सकेनन् । सन् १९३९ देखि ४५ सम्म प्रथम विश्वयुद्धको परिणामले रोपेको बीउका कारण दोस्रो विश्वयुद्ध हुन पुग्यो । त्यसपछि साम्यवादी शोभियत संघ र पुँजीवादी राष्ट्र अमेरिकाबीचको शीत युद्ध, सन् १९८० को दशकमा देखिएको आतंकवाद, त्यसलाई नियन्त्रण गर्ने नाममा भइरहेका युद्धले विश्वमा अहिले पनि शान्ति छैन ।
प्रथम विश्वयुद्ध अन्त्यको अवसरमा पेरिसमा विश्वका नेताहरू भेला भए । तर, उनीहरू अहिलेको अवस्थाबाट विश्वलाई कसरी पार लगाउने भन्नेमा कुनै ठोस उपाय निकाल्नेतर्फ अघि बढेनन् । अहिले अमेरिका र चीनबीच व्यापारिक युद्ध निम्तिएको छ । यसले कस्तो परिणाम ल्याउँछ भन्ने हेर्न केही समय कुर्नुपर्ला । तर, यो अवस्थालाई अन्त्य गरिएन भने यसको परिणाम तपाईं हामीले सोचेको भन्दा भयानक पनि बन्न सक्ने खतरा छ । विश्वमा साना, आर्थिक रूपमा कमजोर राष्ट्रको अवस्था दयनीय बन्दै छ । धनी र गरिबबीचको खाडल झनै बढ्दै छ । यो अवस्थालाई चरम अवस्थामा जान नदिन र विश्वलाई पुनः युद्धको आगोमा जल्न नदिन पहल लिनुपर्ने बेला भइसकेको छ ।
एजेन्सीको सहयोगमा










