जुम्लामा विप्लव नेतृत्वको नेकपा कार्यकर्ता पक्राउ

जुम्ला,
जुम्लामा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् । आइतबार राती चन्दननाथ नगरपालिकाको गाडीमा आगजनी गरेका आशंकामा उनीहरूलार्इ पक्राउ गरिएको प्रहरी नायव निरीक्षक सिताराम रिजालले बताए ।
मुगु जिल्ला सोरु गाउँपालिका ६ भामवाडाका रामबहादुर भामउदय र तिला गाउँपालिका १ जुम्लाका लक्ष्मणनाथ योगीलाई संग्राम३५ हजार ६ सय ३५ रुपैयाँ नगद सहित प्रक्राउ परेका हुन् ।
यसैबीच, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी विर्ख बहादुर शाही ले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै कार्यकर्ता रिहाईको माग गरेका छन् ।










