पेटदेखि छातीसम्म जोडिएका दुई शिशुको मुटु र कलेजो एउटै

सुर्खेत, प्रदेश अस्पताल सुर्खेतमा शरीर जोडिएको जुम्ल्याहा शिशुको जन्म भएको छ। पेटदेखि छातीसम्म जोडिएको दुई शिशुको कलेजो र मुटु भने एउटै छ।
कालिकोट रास्कोट नगरपालिकाकी २८ वर्षीया ललिता बुढाको गर्भबाट चिकित्सकहरूले शल्यक्रियामा करीब डेढ घण्टा खर्चिएर शरीर जोडिएको अवस्थामा दुई शिशु छोरी निकालेका हुन्। चिकित्सकीय भाषामा कन्जोइन टुइन्सु भनिने यस्तो केश अत्यन्त कम ९करीब २ लाख जन्ममा हुने बताइएको छ।
प्रदेश अस्पताल सुर्खेतका डा रवीन खड्काका अनुसार शरीर जोडिएका दुई शिशुको तौल करीब ५ केजी छ। ‘हेर्दा दुवै स्वस्थ देखिन्छन्। दुवै रुने कराउने गर्छन्, दुवैलाई स्तनपान शुरु भइसकेको छ। ती शिशुको मंगलबार पुनः भिडियो एक्सरे गरी स्वास्थ्य अवस्था बुझ्ने तयारी भइरहेको छ। त्यसपछि आवश्यक निर्णय गरिन्छ,’ डा खड्काले भने।
सुत्केरी हुने दिन नजिक हुँदै जाँदा केही दिन बुढा दम्पत्ती गर्भजाँचका लागि जिल्ला अस्पताल कालिकोट पुगेका थिए। त्यहाँ एमडीजीपी डा। विज्ञान प्रजापतिले भिडियो एक्सरे गर्दा अश्वाभाविक केश देखेपछि सुर्खेत अस्पतालका लागि रिफर गरेका थियो।
केश अश्वभाविक भए पनि सुत्केरी बेथाले आत्तिइसकेकी ललितालाई बाहिर पठाउनभन्दा त्यहि शल्यक्रिया गर्न उपयुक्त हुने ठानेर आफूहरूले त्यो केश ह्याण्डल गरेको डा। खड्काले बताए।
डा. खड्काका अनुसार शल्यक्रियाको नेतृत्व गाइनो सर्जन डा। राजिव साहको नेतृत्वमा भएको थियो। उनलाई डा. महेश पौडेल ९जीपी रेजिडेन्ट०ले सघाएका थिए। एनेस्थेसियामा डा। रोविन खापुङ लागेका थिए। त्यस्तै नर्सहरू ज्ञानु, रञ्जनासमेतको सक्रिय खटाइथियो। त्यस्तै प्याडियाटिक डा। नवनीत रौनियार, डा.नामो शाक्य, नर्सहरू विनिता बस्याल, कल्पना थापा, सुस्मिता विसि, हेना गुरुङलगायत शल्यक्रियापछिको उपचार तथा स्याहारमा खटिएका छन्।थाहा साभार










