कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा रेग्मी

हुम्ला,
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पुण्यप्रसाद रेग्मी मनोनित भएका छन् । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले दैलख नारायण नगरपालिका–३ निवासी रेग्मीलाई उपाध्यक्षमा मानोनित गरेको हो ।
युवा स्वरोजगार कोषको कार्याकारणी उपाध्यक्ष भैसकेको रेग्मी कृषि तथा अर्थ विज्ञ समेत हुन् । लामो समयदेखि कृषि क्याम्पस रामपुर चितवमा प्रध्यापका रुपका कार्यरत रेग्मी कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा प्रमुख आर्थिक सल्लाहकार समेत रहेका थिए ।
योगेन्द्र शाही
त्यस्तै दैलेखकै योगेन्द्र शाही र हुम्लाका डाक्टर दीपेन्द्र रोकायालाई कर्णाली प्रदेशको योजना आयोग सदस्यमा मनोनित गरेको कर्णाली प्रदेश सरकारका प्रवत्ता विमला केसीले जानकारी दिइन् ।
राष्ट्रिय युवा नीति कार्यदलका संयोजकको भूमिका निर्वाह गरेका शाही विश्व युवा परिषदको उपाध्यक्ष समेत भैसकेका छन् ।
डा. दिपेन्द्र रोकाया
डा. दिपेन्द्र रोकाया लामो समय पत्रकारिता क्षेत्रमा काम गर्दै आएका छन् । डा। रोकायाले त्रिभुवन विश्व विद्यालयबाट राजनीति शास्त्र तथा ग्रामिण विकास र द्वन्द्व व्यवस्थापनमा विद्यावारिधी गरेका छन् ।
आयोगको अध्यक्षमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । आयोगको सदस्यमा प्रदेश सरकारको प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहेका छन् ।










