राष्ट्रिय सडक संञ्जालमा जोडियो बिकट डोल्पा

डोल्पा :िबकट हिमाली जिल्ला डोल्पा राष्ट्रिय सडकसंञ्जालमा जोडिएको छ ।
संघिय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलवार जाजरकोट डोल्पा सडकको औपचारिक उद्घाटन गर्नुभएको छ ।
जाजरकोटको पासगाड त्रिपुराकोटसम्मको १ सय ३ दशमलब ४ किलोमीटर सडकको कच्ची ट्रयाक खुलाइसँगै सडकको उद्घाटन भएको हो ।
सडकको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले सडक उद्घाटनसंंगै डोल्पा आर्थिक सम्बृद्धि तर्फ लम्कने बताउनुभयो ।
सधै आर्थिक बिपन्नता र बिकटताको उपमा पाइरहेको कर्णाली भेरीकरिडोर नाम दिइएको जाजरकोट डोल्पा सडकले औचारिकता पाएसँगै बिकट र गरिवीबाट अबका दिनबाट छुटकरा पाउने समेत रक्षामन्त्री पोखरेलको भनाई थियो ।
सुँपानी–दुनैखण्डको १४ दशमलब ३ किलोमीटर सडकखण्डको कच्ची ट्रयाक तत्कालिन जिल्ला बिकास समीतिद्धारा यस अघिनै खुलाई बोलेरो जीप संञ्चालन भईरहेकाले उक्त खण्डको स्तरउन्नतीको जिम्मेवारी सेनालाईनै दिने बताउँदै सेना बिचैमा निर्माणकार्य छाडेर भाग्छकी भन्ने कुरामा भ्रममा नपर्न समेत मन्त्री डोल्पालीलाई आग्रह गरे ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बिकट र गरिबको परिचय बोकेर बसेको कर्णाली प्रदेशलाई सडकले सम्पन्नताको परिचय बदल्नमा सहयोगर्ने बताउनुभयो ।
गरिबी र बिकटताको परिचयमात्रै नबोकेर कर्णाली प्रदेशले आर्थिक सम्बृद्धीकोलागि प्रचुर सम्भाबना बोकेको समेत मन्त्री शाहीले बताए ।
सेनाले सरकारले दिएको जिम्मेवारी इमान्दारी पुर्वक भनेकै समयमा पुरा गर्नुकासाथै राज्यको बिकासकालागि सदैब लागि परिरहेको बताउँदै थप जिम्मेवारी दिएकोखण्डमा जिम्मेवारी पुरागर्न नेपाली सेना प्रतिबद्ध रहेको प्रधानसेनापती पुर्णचन्द्र थापाले बताउनुभयो ।
१४ बर्षे कठिन सडक निर्माणयात्रामा अहोरात्र खटिएर जाजरकोट–डोल्पा सडक निर्माणकार्यमा सफल भएको भन्दै रक्षा मन्त्री पोखरेलद्धारा कदर पत्र र दोसल्ला ओडाएर निर्माण कार्यदलका प्रमुख कर्णेल बिश्वबन्धु पहाडीलाई सम्मान गरिएको थियो ।
त्रिपुरा सुन्दरी नगरपालिकाको त्रिपुराकोटसम्म पहिलो चरणको कच्ची ट्रयाक खुलाउने काम सम्पन्नभएसँगै डोल्पा पुर्णरुपमा सडकसंञ्जालमा जोडिएको छ ।
सडक उद्घाटन कार्यक्रममा सहभागीहुन मंगलबार मन्त्री ईश्वर पोखरेल सहितको टोली सेनाको हेलिकोप्टरबाट डोल्पा पुगेको हो ।
खदाङदेखी छलगाडसम्म जीप,ट्रयाक्टर र मोटरसाइकल पु¥याइएपछि स्थानीयले बाजागाजा सहित गाडी लगाएत अतिथीहरुलाई भव्य स्वागत गरेका छन् ।
जाजरकोटको पासगाड देखि निर्माण थालनी गरि सम्पन्न भएको उक्त सडकको कुल लम्बाई करिब १ सय १८ किलोमीटर छ ।
ट्रयाक खुलाइएपछि खदाङ–त्रिपुराकोटखण्डमा जीप,टयाक्टर लगाएतका यातायातका साधन संञ्चालनमा आएकाछन् ।
१३ पुल आवाश्यक
डोल्पाको त्रिपुराकोटको छलगाडसम्म ट्रयाक खुलाउने कार्यसम्पन्न भई औपचारिक उद्घाटन गरिएपनि दुनैसम्म सिधा यातायात संञ्चालनमा ल्याउनकालागि जाजरकोट डोल्पा सडकखण्डका बिभिन्न स्थानमा १३ वटा मोटरेवल पुल निर्माण गर्नुपर्ने छ ।
भेरी नदीमा आवाश्यक पाँचवटा पक्की पुल मध्ये रिम्ना र चिसापानीमा पुल निर्माण भइसकेकाले तल्लु,हरियापानी र सुँपानीमा तीनवटा पुल निर्माणगर्न बाँकी छ ।
त्यस्तै सडकका बिच–बिचमा रहेका स–साना खोलाहरुमा दश ठाँउमा पुल निर्माणगर्न आश्यक रहेको सेनाले जनाएको छ ।
पहिलो चरणको ट्रयाक खुलाउने काम सेनाले सम्पन्न गरेपनि दोस्रो चरमा सडकमा लाग्ने साना ठुला पुलहरु निर्माण गरेर डोल्पासम्म सिधा यातायात संञ्चालनगर्न समेत सरकारलाई डोल्पालीले माग गरे ।
साथै सडक उद्घाटन कार्यक्रमको अवसरमा त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख ओम बहादुर बुढाद्धारा प्रस्तुत मागपत्रमा समेत यथाशिघ्र पुल निर्माण र सडक कालोपत्रेकालागि सरकारलाई अनुरोध गरिएको छ ।
पहिलो चरणको ट्रयाक खुलाउने काम सेनाले गरिसकेकाले दोस्रो चरणको सडक स्तरउन्नतीगर्नेकाम सडक बिभागले गर्ने र सो कोलागि सरकारले सहयोगर्ने कार्यक्रमका उपस्थित अतिथीले बताए ।
सरकारले २०६५ सालबाटनै सडक निर्माणकार्य सुरुवातगर्ने भनेतापनि रेखाङ्कन बिवादका कारण दुईबर्ष निर्माणकार्य अवरुद्ध भएको थियो ।
तत्कालीन असहज परिस्थिति,चट्टानी भु–बनोट र भौगोलिक बिकटका कारण सृजित चुनौतिलाई पाखा लगाउँदै १४ बर्षको अहोरात्र खटाइले आज सडक पु¥याउन सफल भएको र डोल्पालीको सडक सपना साकार पारेको सडक निर्माण कार्यदल प्रमुख बिश्वबन्धु पहाडीले बताउनुभयो ।
छिन्चु जाजरकोट हुँदै डोल्पासम्म सडक ल्याउन १४ बर्ष लागेको पहाडीले बताउनुभयो ।
२०६६ सालमा राष्ट्रिय योजना आयोगद्धारा पुन रेखाङ्कन भए पश्चात २०६७ सालदेखि जाजरकोटको पासगाडलाई जिरो पोईन्ट मानेर सडक निर्माणकार्यलाई तीब्रता दिइएको थियो ।
रक्षामन्त्री ईश्वर पोखरेलसँगै,प्रधानसेनापति पुर्णचन्द्र थापा,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल,भौतिक पुर्वाधार मन्त्रालयका सचिव मधुसुधन अधिकारी,सडक बिभागका महानिर्देशक रबीन्द्रनाथ श्रेष्ठ,रक्षा सचिव बिष्णुप्रसाद लम्साल,अर्थ मन्त्रालयका सह सचिव निर्मलहरी अधिकारी,रक्षा मन्त्रालयका सह सचिव बाबुराम गौतम,रक्षा मन्त्रालयका उप सचिव धुब्र प्रसाद थपलिया,बिकास निर्माण निर्देशनालयका निर्देशक रामधर सिँह,संजय केसी लगाएतको टोली डोल्पा पुगेको थियो ।
कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितीका प्रमुख शेरबहादुर बुढाले गर्नुभएको थियो ।

 जाजरकोट  – डोल्पा सडक निर्माण गर्ने कर्णेल विश्ववन्धु पहाडिलाई रक्षा मन्त्री ले सम्मान गरेका छन् । जोखिम युक्त कडा चट्टान फोरेर जाजरकोट , डोल्पा सडक निर्माण गरेको भन्दै सम्मान गरिएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!