गुनासो सुन्न मन्त्री गाउँमा

जाजरकोट ः ६ महिना पछि गृह जिल्ला जाजरकोट पुगेका बन तथा बातावरण मन्त्री शक्तिवहादुर बस्नेत जनताका कुरा सुन्न गाउँ पुगेका छन् । जिल्लामा ध्यान नदिएको भनि गुनासो वढीरहेको वेला मन्त्री बस्नेत ६ महिना पछि गाउँ पुगेका हुँन् । पहिले चुनाव जितेर शुभकामना वाँड्न पश्चिम जाजरकोट पुगेका मन्त्री बस्नेत अहिले मन्त्री भएपछि पश्चिम जाजरकोटमा पहिलो पटक गएको हुँन् ।
विकास निर्माणको अनुगमण र कार्यकताको मागहरु सुन्न उनी गाउँ पुगेको उनका स्वकीय सचिव अरुण वस्नेतले बताए । कम्तिमा महिनामा एक पटक जिल्ला आउन शुभचिन्तकले सल्लाह दिएपनि समयको चाप भन्दै जिल्ला कमै मात्र आउँने मन्त्री बस्नेत अहिले गाउँमा कार्यक्रताको मागै , मागले हैरान भएको उनी निकट स्रोतले बताएको छ ।
विकास निर्माणको कामले जाजरकोटमा गति नलिएको भनी गुनासो वढेको वेला मन्त्री बस्नेत केन्द्रबाट पठाएको वजेट सदुपयोगको चिन्ता भएको बताउँछन् । वजेट पठाउँनु , कार्यान्वयको चिन्ता गर्नु , काम हेर्नु र गुणस्तरमा ध्यान दिनु नै सवै भन्दा चुनौतीको कुरा भएको उनको भनाई छ ।
१५ महिना भित्र निर्माण हुँने भनिएको शिवालय गाउँपालिका भित्रको मोर्कखोला पुल ५ वर्ष सम्म निर्माण नहुँुनु , भेरी नगरपालिकाको पासागाडमा पुल अलपत्र, मध्यपहाडी लोकमार्ग अन्तरर्गत कुदुको पुल निर्माणमा ढिलाई हुँनु , खलंगा — पाँचकाटिया सडकमा ट्याक खुल्याको ८ वर्ष सम्म यातायातका साधन चल्न नसक्नु , खलंगा देखि तल्लु सम्म पिचको काम अलपत्र पर्नु लगाएतका समस्यल गर्दा जाजरकोटको विकासमा वाधा पुग्दै आएको छ ।
जाजरकोटका ५ वटा स्थानीय तहमा नेकपाले जितेको छ भने वाँकी २ ठाउँमा नेपाली कांग्रेसको जित भएको छ । जिल्लामा सोचेको जति विकास नभएको भन्दै तिव्र असुन्टुष्टि वढेको वेला मन्त्रीको गाउँ भेटघाटलाई कार्यक्रता थमथम्याउने मेसोको रुपमा वुझिएको विश्लेषण गर्न थालिएको छ ।







