भैली खेलेर उठेको रकमबाट अपाङग बालबालिकालाई सहयोग

सुकमाया थापा
डोल्पा ः  म्ुाकुटेश्वार अपाङ्गगा सेवासमिति स्रोतका बालबलीकालाइ ५हजार को सामाग्रि हस्तान्त्रण गरीएको छ । भौगोलीक बिकटता ले कठिन अवस्थामा रहेको हिमाली जिल्ला डोल्पामा बिकासको नाममा क्रम बद्ध शिक्षा, स्वास्थ, यातायत, खानेपानी, सञ्चार जस्ता आवश्यक कुराहरु पुर्णरुपमा परिपुर्ती हुन सकिरहेको छैन ।
भुगोललेनै ठगेको हिमाली जिल्ला डोल्पामा सम्बन्धित निकायाका जिम्मेवार व्यक्तिबाटै ठगिएपछि बास्तबमै डोल्पालीको जनजीवनमा निकै प्रभाव परीरहेको छ । पैसा, पावर, र केहि हुनेखानेका छोरा छोरीले बिकसित सहरहरु सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाण्डौ जस्ता देशका मुख्य सहरमा शिक्षा हासिल गरीरहेका छन् । आर्थिक अभावको चपेटामा परेका दिन दुखी, गरीब असाह डोल्पाली जनताहरुको लागि आधारभुत आवश्यता परिपुर्ति गर्ने र शिक्षा, स्वास्थ, यातायात, खानेपानी, सञ्चारमा बिकास भएको हेर्ने कुरा कल्पनाको संसार जस्तै बनेको स्थानीयले बताएका छन् ।
बिकासको सुचीमा परेका शिक्षा, स्वास्थ, यातायत, खानेपानी, सञ्चारकोे पुर्णरुपमा बिकास हुन नसकेपछि डोल्पाली जनताहरु मारमा परेका छन । भुगोललेनै ठगेको डोल्पा जिल्लामा जिम्मेवार निकायका व्यक्तिले पनि ठगेपछि यो समय सम्म आएर पनि बिकासको नाम मात्र सुनेको काम देख्न नपाएको स्थानीयको गुनासो रहेको छ । ठुलीभेरी नगरपालालिका ३ सदरमुकाम स्थित झुलुङ्गगे पुलको पारीपटि जाहा बर्खाको समयमा माथीबाट ढुङ्गा खस्ने, मनमा डर पालेर मुकुटेश्वर अपाङ्गगा सेवा समिति स्रोतको भवनमा दिन गुजारिरहेका छन् । बिगत २ बर्षसम्म स्वर्गीय सुर्यबहादुर केसी र धो कृष्टल माउण्टेन आधारभुत विद्यालय बाट काजमा खटिएकी शिशिका कविता शाही हुन्जेल ति हरकुराको बिडम्बनामा बाचिरहेका बिद्याथीहरुले थोरैमात्रमा भएपनि शिक्षा हासिल गर्ने अवसर पाएका थिए र सुर्यबहादुर केसीको निधन र कविता शाहीको काज सकिएपछि ति बालबालिकालाइ शिक्षा हासिल गर्न कठिनाइ भएको छ ।
म्ुाकुटेश्वर अपाङ्गगा सेवासमिति स्रोतमा पढाउने शिक्षक नभएपछि यहि गत जेष्ठ महिनादेखी बालमान्दिर आधारभुत विद्यालयमा सबै विधाथीहरु संगै राखेर पढाउदै आएको म्ुाकुटेश्वार अपाङ्ग सेवासमितिका अध्यक्ष चन्द्रबहादुर रोकायले जानकारी दिनुभएको छ ।
यस्ता हरबखत आँखाले देख्न सकिने ठाउमा ति मुकुटेश्वार अपाङ्गग सेवासमिति स्रोतमा रहेका बालबालिकाहरुलाइ कुनै सम्वन्धित निकायबाट वास्ता नभएपछि शारिरीक अवस्थाको कठिनाइ मात्र नभइ भौतिक कठिनाइ भोगिरहेका छन् ।
यो अवस्था देख्दा पनी कसँैले सहयोग नगरेर निरासमा बसेका म्ुाकुटेश्वार अपाङ्ग सेवासमिति स्रोतमा रहेका बालबालिकाहरुलाइ तिहारमा सरस्वती माविका विद्यार्थीले देउसी भैलो खेलेर उठेको  ५ हजार बाट  १९ जना बालबालिकाहरुलाइ  शैक्षिक सामग्री वितरण गरिएको हो ।





error: Content is protected !!