डोल्पा राष्ट्रिय सडक सञ्जालमा

सुुुुकमायाा थापा

डोल्पा  : नेपाली  सेनाको एक दशक लामो भगिरथ प्रयासले हिमाल पारिको जिल्ला डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन सफल भएको छ । जाजरकोटको पासागाढबाट शुरु भई डोल्पाको त्रिपुरासन्दरी सुपानीसम्मको १०३ किलोमिटर खण्डको सडकको ट्र्याक नेपाली सेनाले खोलेसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको हो

एकसय १८ किलोमिटर लामो उक्त सडकको सुपानीबाट दुनैतर्फको खण्ड १४ किलोमिटर सडक भने स्थानीय निकाय र संसाद कोषको खर्चमा यसअघि नै ट्र्याक खोलिएको थियो । छिमेकी मुलुक चीन र भारतलाई सडक सञ्जालमार्फत जोड्ने उत्तर दक्षिणको सामरिक महत्व बोकेको उक्त राजमार्गले तिब्बतस्थित मरिम्ला र भारतको रुपेडियाबीच सिधा सम्पर्क जोड्न योगदान दिनेछ ।

प्रदेश नं–६ अन्तर्गतको प्राकृतिक विविधताले परिपूर्ण तथा भूगोलका हिसाबले मुलुककै सबैभन्दा ठूलो डोल्पा जिल्लामा सडक सञ्जाल विस्तार भएसँगै कर्णाली क्षेत्रको विकासमा कायपलट हुने विश्वास गरिएको छ ।

जाजरकोट, रुकुम र डोल्पा समेट्ने उक्त राजमार्ग पहाडी फिडर रोडको अवधारणाअनुरुप निर्माण भएको नेपाली सेनाले जानकारी दिएको छ । उक्त सडकको निर्माणले बाह्रैमहिना चिसो हावापानी रहने ठूला हिमाली घाँसे मैदानसमेत रहेको डोल्पामा उत्पादन हुने बहुमूल्य जडीबुटीले आवश्यक बजार र उचित मूल्य पाउने विश्वास गरिएको छ ।

जाजरकोट–डोल्पा सडकको ट्र्याक खेलेपछि सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम भएपनि स्थानीय जनताले सडक थप विस्तार र सुधारको जिम्मा नेपाली सेनालाई नै दिनुपर्ने माग गर्दै आएका छन् ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उक्त सडक आगामी मङ्गलबार डोल्पाको त्रिपुरासुन्दरीमा उद्घाटन गर्नु हुने कार्यक्रम रहेको सडक आयोजना कार्यदल प्रमुख प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिनुभयो । सडक भेरी नदीको किनारै किनार दर्जनौं अक्कर र भिर, पहरा छिचोल्दै तथा रिम्ना, मनमाइतहरा, तल्लो बजार, गोतामकोट, घाडथला, त्रिवेणी, खदाङ, श्रीविन्दे बस्ती र बजार हँुदै दुनै पुग्नेछ ।

सेनाले यसअघि मुलुकमा एक हजार ११४ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको जनाएको छ । विसं २०१६ मा काठमाडौँ–हेटौँडा जोड्ने कान्ति लोकमार्गबाट सडक निर्माणमा संलग्न भएको नेपाली सेनाले हालसम्म निकै अप्ठेरा र सामरिक महत्व बोकेका २० वटा सडक निर्माण गरी हस्तान्तरण समेत गरिसकेको छ । सेनाले निर्माण गरेका सडकमा हिले–लेगुवाघाट ९२८ किमी०, कटारी ओखलढुङ्गा ९८८ किमी०, कान्ति लोकमार्ग ९६५किमी०, त्रिशूली– सोमदाङ ९१०५ किमी० र गोर्खा–मनकामना सडक ९३६ किमी० रहेका छन् ।

यस्तै गोरखा–आरुघाट–अर्खेत ९४५ किमी०, द्रब्य शाह मार्ग ९२६।५० किमी०, सातदोवाटो–निमेल–बालुवा ९२० किमी० वँेसीशहर–चामे ९ ६५ कि मी०, बाग्लुङ–बेनी– जोमसोम ९७५ किमी०, जोमसोम–कागबेनी ९ ९ किमी, सल्यान–मुसिकोट ९४४ किमी०, मुसिकोट–बुर्तिबाङ ९३५ किमी०, देवीस्थान–कैनडाँडा–चौरजहारी ९४२ किमी सडक पनि नेपाली सेनाले खनेको हो ।

नेपाली सेनाले छिञ्चु–जाजरकोट९४५किमी०, कर्णाली राजमार्ग ९८८ किमी, नाग्मा–नाग्मागढी ९९४ किमी, मैलुङ–स्याफ्रुवँेशी ९१८ किमी० काठमाडाँै–तराई दु्रतमार्गको ९० किमी ट्र्याक पनि खोलेको थियो ।

सेनाले अहिले निर्माण गरिरहेका ठूलो सडक आयोजनामा बेनीघाट–आरुघाट– लार्केभञ्ज्याङ ९१२० किमी०, कालीगण्डकी करिडोर ९७६ किमी० र कर्णाली करिडोर १४५ किमी रहेको छ । जाजरकोट–डोल्पा सडक निर्माणसँगै राष्ट्रिय सडक सञ्जालमा नेपाली सेनाको योगदान १०३ किमी थपिएको छ । सरकारले मुलुकका जिल्ला सदरमुकाममा सडक सञ्जाल पु¥याउने नीतिअनुरुप हुम्लाबाहेक ७६ जिल्लामा मोटर बाटोको पहुँच पुगेको छ । डोल्पामा सडकको पहुँच पुगेसँगै शे–फोक्सुण्डो ताललगायतका क्षेत्रमा पर्यटन विस्तारमा ठूलो योगदान पुग्नेछ





error: Content is protected !!