प्रअ हमाललाई सम्झियो विद्यालयले

सुकमाया थापा
डोल्पा ः त्रिपुरासुन्दरी नगरपालीका वडा नं १ त्रिपुरा माध्यामिक विद्यालय काटियाचौरले प्रध्यानाध्यापक हेमराज हमालको मृत्यू भएपछि आज शोकसभा गरेको छ ।
यहि कात्तिक १९ गते ठुलीभेरी नगरपालीका ३ सदरमुकाम दुनै देखी सुपानी सम्मको लागि जाने क्रममा यात्रुवाहक जीप दुर्घटनामा परी त्रिपुरा मावि काटियाचौरका प्रध्यानाध्यापक हेमराज हमालको मृत्यू भएपछि आज १३ औ दिनको पुन्ने तिथिको अवसरमा शोकसभा गरिएको छ ।
वि सं २०४६ साल देखि निस्वार्थि भावनाले शिक्षा र विद्यालय प्रति देन गर्दै आएका दक्ष अनुभवि शिक्षक प्रअ हमालको निधनले सम्पुर्ण विद्यालय परिवार ले आज पुन्ने तिथि सोकसभा गरेको सेडा नेपालका सामाजिक परीचालक टिका दत्त नैपानेले जानकारी दिएका छन ।







