अब सरकार फुल गेयरमा चल्छ ः मन्त्री बस्नेत

जाजरकोट (रासस) संविधानको पुर्ण कार्यान्वयका लागि अझै केही काम बाँकी रहेको बन तथा बातावरण मन्त्री शक्तिवहादुर बस्नेतले बताउनुभयो ।
३ सय ५० भन्दा वढी कानुन बनाउनु पर्ने भएकाले केही अलमल परेको देखिएपनि अव सरकार फुल व्रेकमा गतिमा जाँने यहाँले बताउनुभयो । पहिले संविधान निर्माणमा ध्यान दिएकोले केही विकास निर्माणमा समस्य आएपनि अव सरकारको ध्यान पुरै विकास निर्माण देखि जनताको गुनासो सम्वोधन हुँनेमा मात्र केन्द्रीत भएका मन्त्री बस्नेतले बताउनुभयो । देशमा व्यवस्था वदलिएपनि हाम्रा मानसिकता अझै वदलि नसकेको भन्दै उहाँले जिल्लाको विकास निर्माण पनि फुल गतीमै अगाडी वढ्ने बताउनुभयो । चुनावमा गरिएको प्रतिवद्धताहरु शत प्रतिशत पुरा हुँने दावी समेत गनुभयो ।
यो वर्ष मात्र खलंगा —रिम्ना हुँदै कालीमटी , कालीमटी तल्ल्लु सम्म ग्रावेलको काम तत्काल सुरु हुँने समेत उहाँले जानकारी दिनुभयो । जिल्लाको ७ वटा स्थानीय तहमा विद्युतीकरणका लागि २८ करोड ९० लाखको वजेट विनियोजन भई कार्यान्वय प्रक्रियामा गएको मन्त्री बस्नेतको भनाई रहेको छ । विद्युतीकरणको काम गर्दा वजेट कम भए तुरुन्त व्यवस्था गरिने उहाँको भनाई छ । जिल्लाको संञ्चार सेवा लाई भरपर्दो र सवैको पहुँचमा पुर्याउनका लागि टावर निर्माणका काम गर्न टेन्डरका काम सवै भईसकेकोले ढुवानीको काम सुरु भएको उहाँको भनाई छ ।
५ महिना पछि गृहजिल्ला आउँनु भएका मन्त्री बस्नेतले जिल्लामा एचए ,अनमी , स्टाप नर्स पढाउनका लागि काम सुरु भएको र वहुँप्राविधिक शिक्षालय खोल्ने अन्तिम तयारी पुरा भएको समेत दावी गनुभयो । नलगाड नगरपालिका र छेडागाड नगरपालिकामा अस्पताल खोल्ने तयारी अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो । जिल्लाका विभिन्न ठाउँमा जडिवुटीका लागि पकेट क्षेत्र घोषणा गर्ने तयारीमा मन्त्रालयले अन्तिम तयारी गरेको उहाँले बताउनुभयो । त्यस्तै वृहत जलाधार व्यवस्थापन केन्द्रको जाजरकोट सदरमुकाम खलंगामा बन तथा बातावरण मन्त्री शक्तिवहादुर वस्नेतले उद्घाटन गनुभएको छ । हेमन्त केसी







