कर्णाली प्रदेश सभाको बैठक मंगलबारबाट पुन सञ्चालन

सुर्खेत,
प्रमुख प्रतिपक्षी कांग्रेसले गरेको अवरोधका कारण झण्डै तीन महिनापछि कर्णाली प्रदेश सभा बैठक मंगलबार सुरु भएको छ । कर्णाली प्रदेश सरकारले प्रतिपक्षी दलले संसद समक्ष उठाएका मागहरु पुरा भएपछि संसद पुन सञ्चालन भएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेट योजना पुस्तिका(रातो किताब)संसदमा पेश गरेपछि र मुख्यमन्त्रीले सरकारको धारणा राखेपछि सदन सञ्चालन भएको हो ।

२५ साउनमा अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश सभा बैठक २३ असोजमा बोलाइर्एको भएपनि प्रतिपक्षीदलले अवरोघ गरेपछि स्थगित भएको थियो ।

कर्णाली प्रदेश सभामा आज बसेको बैठकमा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारका निती तथा कार्यक्रम र बजेटको सार्वजनिकीकरण प्रमूख उपलब्धी भएको दावी गरेका छन् । कर्णाली विकासको लागि बृहत् गुरुयोजना बनाएर सरकारले काम गर्न लागेको मुख्यमन्त्री शाहीले बताए ।

कर्णालीको सडक, हाइड्रोपावर, स्वास्थ्य, शिक्षा र कृषिलगायतका २२ वटा आयोजना सञ्चालनका लागि संघीय सरकारसँग आग्रह गरिएको उनले बताए । शाहीले भने, ‘कर्णालीमा लगानी भित्राउन लगानीकर्तालाई आकर्षित गर्न १० वर्षसम्म कर छुटको व्यवस्था गर्न संघीय सरकारलाई अनुरोध गरेका छौं ।’




सम्बन्धित समाचार


error: Content is protected !!