मध्यपश्चिम क्षेत्रीय अस्पतालको नाम अब कर्णाली प्रदेश अस्पताल

सुर्खेत,

सुर्खेतको वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पताल औपचारिक रूपमा कर्णाली प्रदेश सरकारको मातहतमा आएको छ। मध्यपश्चिम क्षेत्रिय अस्पतालको रूपमा सेवा प्रवाह गर्दै आएको अस्पतालले अब कर्णाली प्रदेश अस्पतालका रूपमा सेवा प्रवाह गर्नेछ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार औपचारिक रूपमा कर्णाली प्रदेशको केन्द्रीय अस्पतालका रुपमा उक्त अस्पतालको उद्दघाटन गरेका छन्।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीका नागरिकहरूलाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्नका लागि प्रदेश अस्पतालको सेवा गुुणस्तरीय बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराखिने बताए। स्वास्थ्य क्षेत्रलाई प्रभावकारी र गुणस्तरीय बनाउन राजनीतिक खेलबाट टाढा राखिने उनले बताए। ‘स्वास्थ्यकर्मीहरूमा बाहिर जेजस्तो राजनीतिक आस्था भए पनि अस्पतालभित्र राजनीति हुन प्रदेश सरकारले दिने छैनु, उनले भने, ुसेतो कोट लगाउनेलाई मात्र स्वास्थ्य संस्थामा आउन दिइनेछ राजनीतिका झण्डाका कोट लगाउनेलाई प्रवेश गर्न सरकारले दिने छैन।’ अहिले ५० शय्याको अनुमति भए पनि कर्णाली प्रदेश अस्पतालमा १५० शय्या सञ्चालन भइरहेको छ।
थाहा साभार





error: Content is protected !!