जाजरकोटमा जीप दुर्घटना

जाजरकोट,
कुखे गाउँपालिका–५ खुर्पामा मंगलवार बिहान जीप दुर्घटना हुदा एकजनाको मृत्युु भएको छ भने एक जना घाइते भएका छन। खुर्पा स्थित सडकमा गाडी दुर्घटना भयको हो । चालक आठबिसकोट नगरपालिका ३ बाकेजिउला का २१बर्षका कमल परियारको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी रबिन्द्र बहादुर सिंहले बताए ।उनका अनुसार सोही जिपमा सवार जाजरकोट खलंगाको राप्ती ग्रील उध्योगका मिस्त्री दाङ घर भएका निहुर आलम घाइते भएका छन ।सदरमुकाम खलंगा देखि लक्ष्मी प्राप्ती माबी खुर्पाको पुस्तकालयका फर्निचर सामानहरु जडानका लागि गएको भे१ च५५७ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।







