१३ वटा सामुदायिक बिद्यालय खाता रोक्का 

ज्ञानु गौतम ,रुकुम
चौरजहारी नगरपालीकाले शिक्षा क्षेत्र सुधारको पक्षलाई तिब्रता दिएको छ । नगरपालीकाले बिभिन्न बिद्यालयमा अनुगमन तथा निगरानि बढाएको छ ।

विध्यार्थिको भबिश्यमा खेलवाड गर्ने, नपढाउने समयमा बिद्यालय नआउने मापसे सेवन गर्ने शिक्षकमाथि कारवाहि सुरु गरीएको नगरपालिकाका नगरप्रमुख बिशाल शर्माले जानकारी दिनुभयो । बिद्यालयमा नियमित नपढाउने जानकारी बिना बिदामा बस्ने शिक्षकहरुको तलब कट्टा गरिएको छ । नगर प्रमुख शर्माले भन्नुभयो नपढाउने, समयमा बिद्यालय नआउने शिक्षकको सहि तथ्याङ्ग उपलब्ध गराउन बिद्यालय भएका थियौ त्यो केहि बिद्यालयले अटेरी गरेकाले बिद्यालयकै खाता रोक्का गरिएको हो । नगर प्रमुख शर्माका अनुसार नगरभित्रका १३ वटा सामुदायिक बिध्यालको खाता रोक्का भएको छ ।
शिक्षकहरुले चालु आर्थिक बर्षको असार यता नियमित अध्यापन नगराएको भेटिएपछि तलब कटौती गर्ने प्रकृयामा गएको नगर शिक्षा शाखाका अधिकृत धन्नजय आर्चायले बताउनु भयो ।

बिद्यालयको अनुमति बिना शिक्षकहरु लामो समयसम्म बिद्यालयमा अनुपस्थीत भएको कुरा सत्य भएपनि शिक्षकहरुले पाउनुपर्ने सेवा सुबिधा पाउनै पर्ने नाम नखुलाउने सर्तमा एक मा।बि का शिक्षकले दाबी गरे । उनले भने ‘सरहरु अनुमति बिना बिद्यालयमा नआउनु भएको सत्य हो’ उनले भने, ‘तर, सरहरुले पाउने सेवा सुबिधा त सबै पाउनु प¥यो नि । यसअघिनै नगरपालिकाले शिक्षकहरुको तलब कट्टा गरि बिद्यालयको खातामा जम्मा गर्ने निर्णय गरको थियो ।





error: Content is protected !!