जव सुरक्षा प्रमुखहरु आफै जाँचमा उत्रिए

सन्जय के सी
जाजरकोट , २१ असोज ः यातायात व्यवसायीले चर्को भाडा लिएर यात्रुलाई मर्कामा पारेको गुनासो आएपछि जिल्लाका सुरक्षा अधिकारीहरु आफै जाँचमा उत्रिएको छन् ।
केही दिन अघि भाडा दर तोकेर व्यावसायी र सरोकारवाला निकायलाई सहमत गराएको यहाँको प्रशासनले पुर्ण तोकिएको भन्दा वढी भाडा लिएको गुनासो आँउन वितिकै आफै जाँचमा उत्रिएका हो । यात्रुहरुले तोकिएको भन्दा वढी भाडा नतिर्न र व्यवसायीलाई पनि नलिन पटक , पटक आग्रह गरेपनि यातायात व्यवसायीले तोकिएको भन्दा वढी भाडा असुल्न नछाडेपछि आफै जाँचमा उत्रिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । जिल्लामा भित्रने , बाहिरिने र आन्तरिक सडकमा गुड्ने सवै यातायातका साधनहरुले तोकिएको दर भन्दा वढी भाडा लिएको भन्दै दैनिक जाँच गरी रकम फिर्ता गराईरहेको बस्नेतले बताए ।
जिल्ला प्रहरी कार्यालयले नागरिक सहायता कक्ष स्थापना गरी यात्रुहरुको गुनासो सुन्ने अभियान सुरु गरेको छ । अहिले विभिन्न ठाउँमा तोकिएको भन्दा वढी भाडा लिने यातायात व्यावसायीबाट रकम फिर्ता गराउनुका साथै , पटक ,पटक वेईमानी गर्नेलाई नियमअनुसार कारवाही गर्ने प्रक्रियामा पुगेको जाजरकोटका प्रहरी प्रमुख रविन्द्रबहादुर सिंहले जानकारी दिए । साता पोसाकमा प्रहरी खटाएर वढी भाडा लिने , सिट भन्दा वढी यात्रु राख्नेलाई कारवाही प्रक्रिया सुरु गरिएको सिंहले जानकारी दिए । जिल्लाका ७ वटा स्थानीय तहले असोज १५ गते भित्र सवै सडकहरु मर्मत गरी सकेपछि प्रशासनले भाडा दरमा कडाई गरेको हो ।
वस पार्कमा देखिने गरी भाडा दर टाँस्न समेत प्रशासनले उर्दी जारी गरेको छ । दुर्घटना हुँन नदिन र तोकिएको दर भन्दा वढी रकम असुल गर्ने कार्य रोक्न विहानै देखि राती सम्म सादा पोसाकमा प्रहरी परिचालन गरिदै आएको छ । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत , प्रहरी प्रमुख रविन्द्रबहादुर सिंह, सशस्त्र प्रहरीका डिएस्पी सन्तोस सिंह लगाएतको टोली विहानै वसपार्कमा पुगेर गाडी जाँचमा लागेको देख्दा यात्रुहरु पनि खुसी भएको बताएका छन् ।
यातायात व्यावसायीको मन परी रोक्नका लागि प्रशासनको यो कदमले आम नागरिकमा राहतको महसुस भएको भेरी नगरपालिका वडा ३ का भीमवहादुर खत्रीले बताए । वसपार्कमा सिसिक्यामराको सहायाताले सुरक्षा निगरानी समेत वढाईएको छ । त्यस्तै जिल्लाका ७ वटा स्थानीय तहमा वजार अनुगमण तिव्र बनाएको छ । गाउँ , गाउँमा खुलेका अवैद्य मेडिकलले जथाभावी विरामीलाई उपचारका नाममा नागरिकको स्वास्थ्य जोखिममा पारेको भन्दै प्रशासनले यस्तो कदम चालेको हो ।
शनिबार मात्र पश्चिमको छेडागाड नगरपालिका र शिवालय गाउँपालिकामा प्रमुख जिल्ला अधिकारी बस्नेतको नेतृत्वमा गएको टोलीले अनुगमण गरेको छ । १ वटा अवैद्य औषधी पसल वन्द गरिएको छ । प्रशासनको अनुगमण थाहा पाएपछि कालोवजारी गर्नेहरुको भागाभाग समेत मच्चिएको छ । थलहबजारमा स्थानीयको माग अनुसार प्रहरीको व्यवस्था गरिएको छ ।





error: Content is protected !!