खानेपानी र सरसफाइ कर्णाली प्रदेशको पहिलो प्राथमिकता मन्त्री ज्वाला

सल्यान,कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले शुद्ध पानी पिउनु र स्वच्छ वातावरणमा वाँच्न पाउने अधिकार संविधानमा ग्यारेन्टी भएकोले यसको परिपूर्ति गर्न सरकारले नीति कार्यक्रम अघि सारेको बताए। जनताले खानेपानी मात्र होइन स्वच्छ खानेपानी पिउन पाउनु पर्दछ त्यसका लागि नेपाल सरकारले नीति कार्यक्रम अघि सारेको छ। ठूला खानेपानी आयोजना केन्द्र सरकारसँग जोडिएको विषय भए पनि साना र मझौला खानेपानी योजना स्थानीय र प्रदेश सरकारले सञ्चालन गर्ने जिम्मेवारी रहेको ज्वालाले बताए। एक घर एक धारा कार्यक्रम अभियान सरकारका तर्फवाट सञ्चालन गरिने छ। खानेपानीमा जनताको पहुँचमा पुर्याउने गरी प्रदेश सरकारले प्राथमिकता राखेर नीति कार्यक्रम र वजेट ल्याउँछौं मन्त्री ज्वालाले भने। शनिबार शितलपाटीमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा सल्यानको दोस्रो साधारण सभा तथा अधिवेशन कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले विकास आयोजनालाई प्रभावकारी, गुणस्तरीय वनाउन नागरिक संगठन, उपभोक्ताहरू सक्रिय बन्नुपर्नेमा जोड दिए। योजना आयोजनामा विनियोजन भएको वजेटको सदुपयोग नभएको गुनासो आइरहेकोले सवै चनाखो वन्नुपर्ने बताउँदै भ्रष्टाचार, अनियमितता रोक्न सवै लागी पर्न आग्रह गरे। कर्णाली प्रदेशमा पूर्वाधारमा सडक, विद्युत र खानेपानी लगायतका क्षेत्रमा विकास गर्न आवश्यक वजेटका लागि संघीय सरकार, वैदेशिक सहयोग, आन्तरिक र वाह्य स्रोतको खोजी गरिरहेको ज्वालाको भनाई छ। उनले भने, ुयहाँको विकास गर्न सवैतिरबाट सहयोग आवश्यक छ।ु सल्यान लगायतका पहाडी जिल्लामा खानेपानीका मुहानहरू सुक्दै गएकोले वन वातावरण संरक्षणमा उपभोक्ताले ध्यान दिनुपर्ने ज्वालाले वन जंगल विनासले खानेपानीमा समस्या उत्पन्न भएको बताए।










