कर्णालीमा छरिएका बस्तीलाई एकिृत बस्तीमा विकास गछौंः मुख्यमन्त्री शाही

कालिकोट,
कर्णालीका छरिएका बस्तीहरुलाई एकिकृत बस्तीमा विकास गरिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । कर्णालीमा छरिएर रहेको बस्तीका कारण विकास निर्माण गर्नमा समस्या भएको उल्लेख गर्दै उनले कालिकोटमा आयोजित पत्रकार सम्मेलनमा एकिकृत बस्ती आवश्यकता रहेको बताएका हुन् ।
कर्णालीमा छरिएर रहेका बस्तीका कारणले विकास निर्माणको लागि खर्च बढी लाग्ने भएका कारणले एकिकृत बस्ती बसालेर विकास निर्माणमा सहज तुल्याउने मुख्यमन्त्री शाहीले बताए । ‘कर्णालीमा धेरै छरिएर रहेका बस्ती रहेका छन् ।’ उनले भने,‘त्यसका लागि एकिकृत बस्ती विकास गरेर विकास निर्माणका काम गर्न सहज बनाउने योजना रहेको छ ।’
एकिकृत बस्ती विकास नभएर कर्णालीमा सबै क्षेत्रमा विकास पुर्याउन नसकिने र एकिकृत बस्ती विकास गर्नका लागि आयआर्जनका लागि आर्थिक क्षेत्रको खोजी भइरहेको मुख्यमन्त्री शाहीले बताए ।
उपभोक्ता समितिले अनिवार्य धरौटी राख्नुपर्ने
विकास निर्माणका काम गर्दा उपभोक्ता समितिहरुले अनिवार्य धरौटी राख्नुपर्ने निती लागु गर्न प्रदेश सरकारले तयारी थालेको मुख्यमन्त्री शाहीले बताए । ‘उपभोक्ता समितिले विकास निर्माण गर्नुभन्दा पैसा मात्र कमाउन थालेका कारणले प्रदेश सरकारले उपभोक्ता समितिले अनिवार्य धरौटी राख्नुपर्ने नियम बनाएको हौं ।’
कर्णालीको खाद्यान्न संकट हटाउन स्थानीय बाली उत्पादन बृद्धि
प्रदेश सरकारले कर्णालीको खाद्यान्न संकट हटाउनका लागि स्थानीय बाली उत्पादनमा जोड दिने निती लिएको मुख्यमन्त्री शाहीले बताए ।
स्थानीय अर्गानिक बाली उत्पादनको बिउ बैंके स्थापना गरेर किसानहरुलाई सहुलियत ऋणको ब्यावस्था गरेर स्थानीय बाली उत्पादनमा जोड दिन कृषि निती तयार पारिएको मुख्यमन्त्री शाहीले बताए ।
कर्णालीको स्थानीय उत्पादन बृद्धि गर्नका लागि प्रारङिक मल उत्पादनको लागि सुर्खेतमा उद्योग खोलिने मुख्यमन्त्री शाहीले बताए ।










