राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ स्थानीय तहमा  

सुकमाया थापा

डोल्पा ः जिल्लाको शैक्षिक अवस्था सुधार गरि शिक्षामा गुणस्तर ल्याउने  उदेश्यका साथ यहाँका सरोकारवाला वीचमा छलफल भएको छ । स्थानीय सरकारका प्रमुख , संघ , संस्था लगाएतको उपस्थितीमा सो शिक्षाका गुणस्तर सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रममा शिक्षा सम्वन्धी सिकाई र  बुझाइ मुलक बिषयको प्रशिक्षण शिक्षा तथा मानव केन्द्रका डाइरेक्टर गणेस प्रशाद शर्मा,  मानव केन्द्रका शाखा अधिकृत कुमार बस्नेत, शिक्षा बिकास तथा समन्वय इकाइ डोल्पाका इकाइ प्रमुख सिँहराज डाँगि ले गुणस्तरिय शिक्षा भएमा मात्र सफलता चुम्ना सकिन कुरामा जोड दिनुभएको थियो  ।

डोल्पा ८ वटा  स्थानीय निकय संग शैक्षिक अन्तरक्रिया गर्ने, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रको उदेश्य, औचित्य, अबयब शैदान्तिक पुर्ण ताजकी , राष्टिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम स्थानीय सरकारहरु र संघ संस्था मार्फत गरिने, २० जिल्ला हरुका आर्थिक वर्ष २०७५ — ७६ का कार्यक्रमको जानकारी दिने उदेश्यका साथ उक्त कार्यत्रम गरिएको शिक्षा बिकास तथा समन्वय इकाइ डोल्पाका इकाइ प्रमुख सिँहराज डाँगिले जानकारी दिनुभयो  ।

जग बलियो न भए सम्म घर बलियो हुदैन । उदारण दिदै भुगोलले ठगेको डोल्पा चाहेजस्तो गुणस्तरिय शिक्षा मा पहुज पुर्यउन कठिन भएको भन्दै विद्यार्थीको प्रमुख पाठशाला घर बाट नै शिक्षाका ज्योति बाल्नुपर्ने तर्क जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले थियो  ।

कार्यक्रममा शाहेक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्मा, त्रिपुरा सुन्दरी नगरपालीकाका नगरप्रमुख  ओमबहादुर बुढा, उप प्रमुख चन्द्रकुमारी बुढालेको उपस्थिती रहेको थियो ।  वर्तमान समयमा राज्यबाट व्यबस्था भएका हरेक कुराहरुको जिम्मा अब नगरपालिका, गाउँपालीका, वडापालिका को रहेको जानकारी गराउदै अभिभाबक, सरोकारवाला निकाय, जनप्रतिनिधि, शिक्षा प्रेमि सबै एक रथका दुइ पाङ्गग्रा भएको जानकारी दिदै त्रिपुरा सुन्दरीकाा प्रमुख ओमबहादुर बुढाले कार्यत्रमको समापन गर्नुभएको थियो । शिक्षा संघ सम्बन्धित कार्यक्र भोली हुने भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!