विश्व टेड युनियन महासंको ७३औँ स्थापना दिवस सम्पन्न

सुकमाया थापा
डोल्पा । विश्व टेड युनियन महासंको ७३औँ स्थापना दिवस सम्पुर्ण पेशा कर्मीहरु बिच अन्तरक्रियाका साथ सम्पन्न भएको छ । सन् १९ सय ४५ अक्टोबरमा स्थापना भएको विश्व टेड युनियन महासंको ७३औँ स्थापना दिवस को अबसरमा आयोजित सबैका लागि सामाजिक सुरक्षा, निशुल्क स्वास्थ्य उपचार बिषयमा सम्पुर्ण पेशाकर्मीहरु बिच अन्तरक्रिया तथा शुभकामना आदनप्रदान गरीएको छ ।
सम्पुर्ण पेशाकर्मीहरु बिच अन्तरक्रिया तथा शुभकामना आदनप्रदान गर्दै अखिल नेपाल निर्माण संघका केन्द्रिय सदस्य भद्रबहादुर पुनले हरेक बिकास निर्माणका काममा मजदुरको आवश्यकता पर्छ र राज्यले सेवा सुविधाको व्यबस्था नगरी मजदुरको मर्का नबुझे पछि सम्पुर्ण मजदुर दुखी भएको गुनासो गर्नुभयो । सो कार्यक्रममा सम्पुर्ण पेशाका पेशाकर्मी उपस्थित रहेको थियो ।
कार्यक्रम पासाङ्ग बुढा राणाको अध्यक्षतामा भएको र श्रमको सम्मान गर्दै आफनो हकहित प्राप्तिको लागि सम्पुर्ण मजदुरहरु एक भएर अघि बढ्नु पर्छ भन्दै कार्यक्रको समापन गर्नु भएको थियो ।










