मधिरा जन्य पदार्थ विक्री वितरण गर्नेलाई मुद्धा

लेख बुढा ,डोल्पा
डोल्पा,यहाँको सदरमुकाम दुनै बजार लगायत जिल्लाका ८ स्थानीय तहहरुमा सुरक्षा व्यवस्था कडाई गरिने सुरक्षा अधिकारीले बताएका छन् । सदरमुकाम दुनै बजारमा वेलुका ७ बजे भन्दा पछी मदिरा वेचविखन गर्ने तथा सेवन गर्नेलाई सार्वजनिक मुद्धा चलाईने प्रशासनको चेतावनी छ ।
विहिवार जिल्ला प्रहरी कार्यलयमा दुनैमा आयोजित एक कार्यक्रममा यस्तो बताएको हो । उद्योगी व्यापारी,प्रहरी प्रशासन महिला सञ्जाल लगायतको उपस्थीती रहेको वैठकमा यस्तो बताएको हो । आशन्न आउदै गरेको दशै र तिहार जस्ता चाडलाई मध्यनजर गदै यस्तो कदम चालिएको हो । चार्डपर्वको निहुँमा जथाभावी मदिरा सेवन गरी सार्वजानिक ठाउँमा हो हल्ला गर्ने जुन सुकैलाई पनी दशैको अवधि भर थुनामा राख्ने प्रहरीको भनाई छ । अवको केहि दिनमै सदरमुकाम दुनैबजारमा अनुगमन गर्ने र मुल्य सुची नराखेको पसल ,म्याद गुजिएका सामग्रीहरु भेटिएमा, मदिरा नियन्त्रण ऐन अनुसार सार्वजानिक मुद्धा चलाईने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भएको छा । शान्ती र सुरक्षाको लागी प्रत्यक स्थानीय तहहरुमा जनप्रतिनिधि र प्रहरी प्रशासनको अगुवाईमा मदिरा नियन्त्रण अभियान सन्चालन गर्ने पनी प्रजिअ थापाले बताउनु भयो ।
जिल्लाका व्यापारी प्रहरी प्रशासन,महिला सञ्जाल हरुको उपस्थीतीमा भएको उक्त बैठकबाट मदिरा विक्रीवितरण गर्न अनुमती लिएका पसलहरुले मात्र विक्रि वितरण गर्ने,मदिरा बिक्रीवितरण साझँको ७ बजे सम्मा मात्र गर्न पाउने,जुवा तास खेल्ने खेलाउनेलाई जुवा ऐन अनुसार काराबाही गरीने ,प्रत्येक पसलहरुमा मुल्य सुची सवैले देख्ने ठाउँमा राख्ने ,गर्भवती महिला र १८ बर्ष नपुगेका बालबालीकाहरुलाई मदिरा विक्रीवितरण नगर्ने,गरेको खण्डमा पसले र अभिभावकलाई काराबाही गर्ने,बेलुकाको ८ बजे देखि पछी मदिरा सेवन गरी बाटोमा होहल्ला गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ अनुसार काराबाही गरीने ,ठुलीभेरी नगरपालीका वडा नं।३ का वडा अध्यक्ष अर्ण बहादुुर न्यौपानेको संयोजकत्वमा ,ओमोन्द्र केसी,उर्मिला विश्वकर्मा,लालीमान बुढा,विष्णु रोकाया को सदस्यतामा वडा स्तरीय अभियान सन्चालन गर्ने निर्णय गरीएको छ । देशमा मदिरा सेवनले गर्दा समाजमा विभिन्न घटना भैरहेको र यस्ता घटनाहरु हाम्रा समाजमा नहोस् भन्नाले सुरक्षामा कडाई गरीएको जनाईएको छ ।










