साइकल यात्री बालकृष्ण शाहीलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न

इन्द्र बुढाथोकी
सल्यान,भारतको १६ जिल्ला ताजमल आग्राह हुँदै नेपालको पर्यटकीय क्षेत्र लुम्बिनी सुर्खेत बिरेन्द्रनगर हुदै आफ्नै जन्मा स्थान सिम्तागाउपालिका वडा न ४ धार्मिक तथा पर्यटकीय क्षेत्र कोटकोथुम्को कोटेश्वर महादेवको मन्दिरमा साइकल यात्री सिम्तागाउपालिका ३ आग्रीगाउका बर्ष १८ का बालकृष्ण  शाहीलाइ जिल्ला युवा समिति सुर्खेत र प्रवर्द्धनका लागि युवा सिम्तागाउपालिकाको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि सिम्तागाउपालिका अध्यक्ष कबिन्द्र कुमार केसि, अतिथि गाउपालिका उपाध्यक्ष चन्द्रकला शाही, पत्रकार महासघ कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा ,साइकल यात्री बालकृष्ण शाही , साइकल यात्रीकि आमा खिमसरा बुढा , वडा अध्यक्षलगाएतको जनप्रतिनिधि ,समाजसेवी कर्मचारी स्थानीय लगाएतको उपस्थिति रहेको थियो ।

उक्त सम्मान तथा बधाई कार्यक्रममा साइकल यात्री बालकृष्ण शाहिले आफुले साइकलमा घुम्दा अनुभव सुनाएका थिए । १ महिना १७ दिनमा भारत १६ जिल्ला लगाएत नेपालका लुम्बिनी, बिरेन्द्रनगर, सहित आफ्नै जन्म स्थान धार्मिक तथा पर्यटकीय क्षेत्र कोटकोथुम्को कोटेश्वर महादेवको मन्दिर सम्मा साइकल यात्र गरेका बताएका छन । आफु पहिला भारतमा मजदुर गर्ने गएको र मजदुर गरेर पैसा कमाएर आमालाई सुख्मा राख्ने भन्दै पढ्दा पढ्दै भारत गएको र पछि त्यहा मजदुर गर्दा गर्दै मैले केही गर्नु पर्छ भने सोचाइ राखेर साइकल यात्रामा लागेको बताएका छन । साइकल यात्रामा बिश्व साइकल यात्री पुष्कर शाहको यात्राबाट प्रेरणा पाएर यात्रा सुरु गरेको बताएका छन । म सधै बाल्यकाल देखि नै एकलो भएको र दुख कष्ट भोगेर आएको बताएका छन । बिगतमा दुख कष्ट भए पनि अहिलेका युवाहरुले केही गर्नु पर्छ भन्दै पहिला आफ्नो क्षमता चिन्न सक्नु पर्ने अनि पैसा मात्र ठुलो नसम्झ्ने र केही गर्छु भने सोच हुनु पर्नेमा जोड दिएका छन । मैले पहिला साइकल यात्र गर्दा सबैले पागल भनेको तर म पागल नभएको पनि बताएका छन मैले देश भक्तिको नशा चढेर , आफ्नो माटोको मायाले आफु पागल भएको साइकल यात्री बालकृष्णले बताएका छन ।

कार्यक्रममा प्रमुख अतिथि गाउपालिका अध्यक्ष कबिन्द्र कुमार के सिले साइकल यात्री बालकृष्ण बाट अब हामी सिम्ताबासिले केही सिक्नु पर्ने र यसले सिम्ता गाउपालिका लगाएत देशको सिर उच्च बनाएको बताएका छन । ूसमृद्ध नेपालका लागि स्वस्थ कर्मठ उधमी युवाको ू आवश्यक रहेको बताएका छन । साइकल यात्री शाहिबाट अब अरु युवाले शिक्षा लिनु पर्ने बताएका छन । कार्यक्रममा सिम्तागाउपालिकाले सम्मान सहित नगद ५० हजार सहयोग गरेको र अझै गाउपालिकाको तर्फबाट सधै सहयोग गरिने अध्यक्ष केसिले बताएका छन । कार्यक्रममा उपाध्यक्ष चन्द्रकला शाही , र पत्रकार दुर्गा थापाले मन्तव्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता जिल्ला युवा समिति सुर्खेतका अध्यक्ष टेकेन्द्र कुमार बस्नेत गरेका थिए भने स्वागत मन्तव्य कोटेश्वर मन्दिर व्यवस्थापन समिति उपाध्यक्ष लोक ब शाहिले गरेको कार्यक्रमको सन्चालन घनश्याम केसिले गरेका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!