जाजरकोट सदरमुकाममा बजार अनुगमण , कहाँ के भयो बिवरण सहित

जाजरकोट ः यहाँको सदरमुकाममा वजार अनुगमण गरिएको छ । जनसाधारणले दशै र तिहारको समयमा अखाद्य वस्तुहरु प्रयोग नगरुन भनी अनुगमण गरिएको हो । विगत ३ दिन देखि बजार अनुगमण तीव्र बनाएको छ । वजार अनुगमण गर्दा कहाँ के भयो ( पुर्ण पाठ सहित)
#व्यवसायी महानुभावहरूमा अनुराेध #
केही दिन यता यस जिल्लाकाे विभिन्न बजारक्षेत्रमा अनुगमन गर्ने क्रममा यहाँहरूका ठूला परिमाणमा सामानहरू जफत गरी नष्ट तथा लिलाम गर्नुपर्ने दुःखद अवस्था देखिएकाेले त्यस्ताे अवस्था अाउन नदिन तत्काल निम्न अनुसार गर्नु गराउनुहुन अनुराेध छः
१. उत्पादन मिति, बिक्री मूल्य,expire date भएका सामान मात्र खरिद बिक्री गर्नुहुन । उत्पादन मिति, ,expire date नभएका सामान पाइएमा सबै सामान जफत गरी थप कारवाही समेत गरिनेछ ।
२. सम्वन्धित निकायहरूमा दर्ता गरी तथा कानुन बमाेजिम इजाजत लिइमात्र व्यवसाय गर्नुहुन । जाजरकाेटमा यसरी इजाजत नलिइ व्यवसाय गरेकाे पसलहरू धेरै पाइएकाेले कानुन बमाेजिम सम्बन्धित निकायमा दर्ता गर्न र इजाजत लिन एक हप्ताकाे समय दिइएकाेमा त्यसपछि पनि विना इजाजत व्यसाय गरेकाे पाइएमा पसल सिल गरी थप कडा कारवाही गरिनेछ ।

३. मदिरा एवं सुर्तिजन्य वस्तुलाइ अन्य अाइटमसँग सँगै राखी नबेच्नुहुन । जाजरकाेटमा किराना, खाद्य पसलहरूमा मदिरा एवं सुर्तीजन्य पदार्थ समेत सँगै राखी बेच्ने गरेकाेमा पहिलाे पटकलाइ सामान्य कारवाही गरी तीन दिनभित्र यस्ताे अवस्थाकाे अन्त्य गर्न समय दिइएकाेमा त्यस अवधिपछि पनि सँगै राखेकाे देखिएकाेमा सबै सामान जफत गरी कानुन बमाेजिम अन्य कार्वाही समेत अघि बढाइनेछ ।

#मिति २०७५।६।१८ गते खलंगाका १८ पसलमात्र अनुगमन गर्दा बरामद सामानहरू ः #
१. वियर २० बाेतल
२. तेल ३० पाेका
३. भुजा १४ प्याकेट
४. मसला ३७ प्याकेट
५. पेयपदार्थ १२ बाेतल
६. भाेड्का, जिन, रम, मेट्राे १७ बाेतल
७. फ्रुटि २ फुल पेटी र १९ प्याकेट
८.दालमाेट १ फुल पाेका र १८ प्याकेट
९. बेसनकाे पिठाे ८ प्याकेट
१०. चिप्स १० प्याकेट
नाेटः बरामद गरिएका सामानहरू यही असाेज २४ गते बुधवार यहाँहरू सबैकाे राेहवरमा नष्ट एवं लिलाम गरिने भएकाेले उपस्थितकाे लागि समेत अनुराेध छ ।










