मलेशियामा एक रुकुमेली सुतेकै ठाँउमा मृत फेला

मोहन बि सी

रोजगारीको शिल शिलामा मलेसिया गएका रुकुमआठबिस कोट नगरपालिका वडा न.९ का हरि साही को सुतेकै अबस्थामा निधन भएको छ ।

केलाङ सेन्टर मेरु नजिकै L.S.k mattress world कम्पनीमा राती १२ बजे सम्म काम गरेर सहजै रुम फर्किएका थिए । उनि बेलुकी अबेर सम्म डिउटीमा काम गरेर कोठामा फर्किएका रुकुमकै दिनेश नेपाली र सर्जन नेपाली सङै खाना खाएर ३ जना नै केही समय मोबाइल हेर्दै सुतेका थिए ।  बिहान डिउटी मा जानेबेला सम्म नउठेपछि साथीहरूले उठाउन खोज्दा मृत अबस्थामा भएको थाहा पाएको दिनेस नेपाली ले जानकारी दिए ।

उनले भने थाहा पाउन बितिकै हामीले कम्पनी श्रोतलाई जानकारी गरायौँ र प्रहरी लाई खबर भएको बताए। साही ६ महिना पहिले मात्रै मलेसिया आएका थिए। उनको घरमा ५ वार्षिय एक छोरी र श्रीमती आमा वुवा र ३ दिदि र १ बहिनी रहेकका छ्न ।




सम्बन्धित समाचार


error: Content is protected !!