खानेपानीको माग गर्दै त्रिवेणी गाउँपालिका कार्यालयमा तालबन्दी

रुकुम,कुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा तालबन्दी गरिएको छ । खानेपानीको माग गर्दै वडा नम्बर दुई वेतखोलाका स्थानीयले बुधबार आज बिहान गाउँपालिका कार्यालयमा तालबन्दी गरेका हुन् । आफूहरुले २०३९ साल देखि उपभोग गर्दै आएको पानीको लाइन काटिएको भन्दै वेतखोलाका स्थानीयले आन्दोलन गर्दै आएका छन् ।
काटिएको पानीको लाइन जोड्न माग गर्दै बेतखोलाका स्थानीयले सोमबारदेखि गाउँपालिका कार्यालय घेराउ गरेकामा माग पुरा नभएपछि आज गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको बताएका छन् । अब गाउँमा खानेपानीको आपूर्ति सुचारु नभएसम्म तालाबन्दी नखोल्ने स्थानीय भुपेन्द्र बोहोराले बताए ।

पटक पटक वडा कार्यालय तथा गाउँपालिका कार्यालयमा लिखित तथा मौखिक निवेदन दिएको र गाउँपालिका कार्यालयमा धर्ना दिँदा पनि माग पुरा नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बोहोराको भनाई छ । तालाबन्दी संगै गाउँपालिका कार्यालय घेराउ तथा धर्नाको कार्यक्रम समेत जारी रहने बोहोराले बताए ।

गाउँपालिकाले मंगलबार भएको छलफलमा खानेपानीको आपूर्ति सुचारु गरिदिने मौखिक प्रतिबद्धता गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो । तर सहमति अनुसार बुधबार विहान सम्म खानेपानी नआएपछि बाध्य भएर गाउँपालिका कार्यालयमा तालबन्दी गरेको स्थानीयको भनाई छ ।

वडा नम्बर दुईकै चिन्छरे टोलका स्थानीयले बेतखोलामा आएको पाईप काटेर खानेपानीको आपूर्ति बन्द गरिदिएको बेतखोलाका स्थानीयले बताएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!