पाटनमै स्वास्थ्य शिविर


जाजरकोट , १७ असोज ः उच्च हिमाली भागमा जडिवुटी संकलन गर्दा जनधनको क्षेति नहोस भनि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्लाको बारेकोट गाउँपालिका वडा ३, ४ को चाखुरे पाटन र मुलसाम पाटनमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
जाजरकोट, जुम्ला, डोल्पाका स्थानीयहरु सेतोचिनी लगाएतका जडिवुटी संकलन गर्न पाटनमा पुगेपछि पाटनमै स्वास्थ्य शिविरमा राखिएको बारेकोट स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख बीरराज सिंहले जानकारी दिए । वुधबार देखि यहाँका दर्जन पाटनमा सेतोचिनी लगाएतका जडिवुटी स्थानीयलाई संकलनका लागि अनुमती दिईएको छ । चाँखुरेपाटनमा झलक चन्दको नेतृत्वमा ४ जना र मुलसामका पाटनमा जयवहादुर नेपालीको नेतृत्वमा स्वास्थ्य कर्मी परिचालन गरिएको सिंहले जानकारी दिए । जाजरकोट र जुम्लाको सिमानामा पर्ने उच्च हिमाली पाटनमा भारी मात्रामा जडीवुटी पाईने गर्दछ । यहि जडिवुटी संकलन गरी विक्री गरेको रकम बाट यहाँका स्थानीयहरु दैनिक घर खर्च टादै आएका छन् ।
यार्सागुम्वा पछि सेतोचिनी सवै भन्दा वढी संकलन र विक्री हुँने भएको बारेकोट गाउँपालिका वडा ५ का जनकवहादुर शाहीले जानकारी दिए । अहिले पाटनहरुमा १ हजार ५ सय भन्दा वढी संकलनकर्ताहरु र व्यापारीहरु पुगेको बारेकोट गाउँपालिका वडा ४ की वडा अध्यक्ष सिर्जना बस्नेतले जानकारी दिए । सुरक्षाका लागि सुरक्षाकर्मी समेत परिचालन गरिएको छ । जडीवुटी संकलन गर्दा विरामी हुँने संकलनकर्तालाई पाटनमै उपचारको व्यवस्था गरेपछि अहिले स्थानीयहरु खुसी भएको शाहीले जानकारी दिए ।
यो भन्दा अगाडी यसरी पाटनमै स्वास्थ्य शिविर सञ्चालन नगर्दा धेरै सकंलनकर्ताहरु विरामी भई ज्यान गुमाउने गरेका थिए । अहिले अकालमै ज्यान नजावस भनी स्वास्थ्य शाखाले पाटनमै शिविर सञ्चालन गरी सेवा प्रवाह गरेको ईन्चार्ज बीरराज सिंहले बताए ।










