अखाद्य वस्तु रोक्न प्रशासनको अनुगमण

जाजरकोट ः यहाँको खलंगा बजारमा रहेका पसलहरु जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । बिजया दशै र तिहार जस्ता हिन्दुहरुको महान चाड नजिकिदै गर्दा अखाद्य वस्तुहरु उपभोक्ताको भान्सा सम्म नपुगोस भनेर जिल्ला प्रशासनको अगुवाईमा पसलहरुको अनुगमन गरिएको हो ।

५० वटा पसल अनुगमन गर्दा १० वटा पसल दर्ता भएको र ४० वटा पसल दर्तानै नगरि सञ्चालन गरिरहेको फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रशाद खतिवडाले जानकारी दिए । त्यसैगरि पसल अनुगमनका क्रममा बिक्रि गर्नका लागि पसलमा राखिएका तर, म्याद गुर्जिएका बोतलको पानी र कुरमुरे लगाएतका सामानहरु बरामत गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भेरीखवरलाई जानकारी दिनुभयो ।

त्यसैगरि सवारी साधनको पनि अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । क्षमता भन्दा बढि यात्रु र सामान बोक्ने ११ वटा सवारी साधनलाई जरिवाना गरि ५ हजार ५ सय राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी निरिक्षक ईन्द्रजीत सुनारले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!