किन लाग्छ रक्सी

अल्कोहल धेरै प्रकारका हुन्छन् ्र अन्न तथा फलफुलमा मर्चा अथवा मर्चाकै काम गर्ने यीस्ट नामक समुहको जीवाणु हालेर कुहाएर जाँड बनाई त्यसैबाट बनाइने हामीले पिउने रक्सीचाहिँ खासमा एथनल हो ्र ब्याक्टेरियल जीवाणु भन्नेबित्तिकै हानिकारकमात्र हुँदैनन, थुप्रै प्रकारका लाभदायक पनि हुन्छन् ्र दही जमाउने, सेल फुलाउने पनि यस्तै प्रकारका जीवाणु नै हुन् ्र हाम्रो ठुलो आन्द्रामा पनि करिब ४०० प्रकारका लाभदायक ब्याक्टेरिया हुन्छन् ्र अन्न तथा फलफुलमा चिनीतत्व पाहिन्छ, त्यही तत्व नै रासायनिक प्रतिक्रियाद्वारा रक्सी बन्दछ ्र

रक्सी कति कडा भन्ने कुरा त्यसमा मिसिएको पानीको मात्रामा भर पर्छ ्र जाँड नउमालिकन बनाइने छ्यांङ, बियर, वाइन आदिमा बढीमा १५ सम्म अल्कोहलको मात्रा हुन सक्छ, बाँकी पानी हुन्छ ्र त्यो भन्दा बढी प्रतिशत अल्कोहल भएको रक्सी बनाउन परे जाँडलाई तताएर वाष्पीकरणको माध्यमले अल्कोहलमा पानीको मात्रा घटाउनु पर्छ र तताउंदा निस्केको बाफलाई कुनै माध्यमले पसिनाको रुपमा संकलन गर्नु पर्दछ ्र

घरपाला रक्सी पार्दा तताउँदै गरेको जाँडलाई माथि चिसो पानी भएको भाँडोले छोप्नुको कारण अल्कोहलरुपी बाफलाई चिसोमा ठोक्काएर तरल बनाई झार्नु हो ्र घरपाला रक्सी बनाउंदा १० पटकसम्म पानी फेरिन्छ ्र ३ पटकसम्मकोमा अल्कोहलकोमात्रा बढी हुने भएकोले ३ पाने रक्सी कडा भएको हो ्र पानी १०० डिग्री सेल्सियसमा वाष्पीकरणक हुन्छ भने अल्कोहल ७८३ डिग्रीमा, तसर्थ ७८।३ डिग्री नजिकको रक्सी बढी कडा र १०० डिग्री नजिकको कम कडा हुन्छ ्र विज्ञानमा यसरी बनाइएका कडा रक्सीलाई भनिन्छ ्र

शुद्ध इथानोल २०० सम्म प्रूफ हुन्छ तर बिशेष औधोगिक तरिकाबिना यो प्राप्त गर्न सकिन्न ्र हामीले खाने रक्सीको सिसीमा जति प्रतिशत प्रूफ भनेर लेखेको हुन्छ, त्यसको ठिक आधा अल्कोहलको मात्रा र बाँकी पानीको मात्रा छ भन्ने बुझ्नु पर्छ ्र जस्तै भोड्कामा ७०प्रुफ लेख्नुको अर्थ त्यसमा ३५अल्कोहलको मात्रा छ भनेको हो ्र

हामीले खाने ठोस खाना पाचन भै मसिनो बनेर सानो आन्द्रा हुँदै शरीरमा पुग्न समय लाग्छ तर रक्सीलाई पच्नु पर्दैन ्र खाने बित्तिकै २०जति आमासयले नै सोस्दछ, बाँकी तुरुन्तै सानो आन्द्रामा पुगी सोसिएर रगतमा मिसिन्छ र शरीरका सबै कोषमा पुगी प्रभाब पर्दछ ्र यही प्रभाब पार्नु भनेको नै रक्सी लग्नु भनेको हो ्र

सामान्यतया एक बयस्क मान्छेको कलेजोले १ घन्टामा २० मिलिलिटर जति भोड्का, ७० मिलिलिटर जति वाइन, अथवा २०० मिलिलिटर जति बियरमा भएको अल्कोहलको मात्रालाई शुद्ध बनाउन सक्छ, त्यो भन्दा छिटो र बढी खाएको रक्सी सिधै रगतमा पुग्दछ ्र रगतमा हुने अल्कोहलको मात्रालाई भनिन्छ ्र यदि ००५ देखियो भने त्यसको अर्थ १०० मिलिलिटर रगतमा ५० मिलिग्राम अल्कोहल मिसिएको छ भन्ने हो ्र एक सानो ग्लास वाइन, एक पेग व्हिस्की। अथवा एक क्यान बियर खाँदा करिब ००५ हुनजान्छ ्र उत्तरी अमेरिकाका कतिपय राज्यमा ००५ सम्म भएमा गाडी चलाउन पाइने ००५,००८ सम्म भएमा १२ घन्टासम्म गाडी चलाउन नपाइने तर लाइसन्स खारेज नहुने, र त्यो भन्दा बढी भए खारेज हुने नियम छ ्र जापानमा भने रुघाखोकीको औसधि खाएर समेत गाडी चलाउन नियमत बर्जित छ ्र

रक्सी खाएको मान्छेले कुनै दुर्घटना गरायो भने ००४ सम्म भएमा दुर्घटना हुनुमा अल्कोहल कारक तत्व नहुने,००५ भए अल्कोहलको भूमिका १, ००८ भए २,०१२ भए ८र एवं रीतले ०२२ भए ३० हुने ताजा अध्ययनहरुले देखाएका छन् ०५०५ भएमा फोक्सो र मुटुले कामै नगरी मान्छे मर्न पनि सक्छ ्र

रक्सीले हामीलाई कसरी र कस्तो प्रकारको असर गर्छ भन्ने बुझ्नलाई मस्तिष्कको बनौट र काम गर्ने तरिका मोटामोटी बुझ्नु पर्ने हुन्छ ्र

मानव मस्तिष्कका मुख्य ३ भाग हुन्छन् ्र गर्दनमाथि मेरुदण्डसंग जोडिएको भागलाई हाइन्डब्रेन त्यसको ठीकमाथिको केही भागलाई मीडब्रेन र त्यो बाहेक अगाडिसम्मको संपूर्ण भागलाई फोरब्रेन भनिन्छ ्र तर कामको हिसाबले २० भन्दा बढी भाग हुन्छन् ्र मस्तिष्कलाई बिशेषज्ञहरुको समूह पनि भनिन्छ किनकी मस्तिष्कका हरेक भागले संगसंगै काम गर्दछन, फेरि हरेक भागको आफ्नै छुट्टै भूमिका पनि हुन्छ ्र जस्तै हाइन्डब्रेनमा हुने सेरिबलम भन्ने भागले शरीरका अंगहरुको संयोजन र नियन्त्रण गर्दछ ्र त्यसरी नै मस्तिष्कका कुनै भागले गति, कुनैले दृश्य, कुनैले स्मरण, कुनैले छोएर अनुभब गर्ने कुरा, कुनैले गर्न हुने या नहुने कुरा छुट्याउने कुरासंग सम्बन्धित मूल काम गर्दछन ्र यी संपूर्ण खण्डमा हुने गिदीमा करिब १ खरब जति न्युरन भन्ने स्नायुकोषहरु हुन्छन् ्र कुनै पनि काम राम्रोसंग सम्पादन हुनको लागी खासखास हरुको बिचमासमेत बिद्धुतीय र रासायनिक संचार सम्पर्क हुनु पर्दछ ्र

जब बाहिरी संसारबाट प्रकास, आवाज, गन्ध, स्वाद, आनन्द आदिका संकेतहरु शरीरले थाहा पाउँछ, ती संकेतहरु रासायनिक तथा विद्दुतीय संकेतमा परिणत भै शरीरको एक भागबाट अर्को भागमा, र मस्तिष्कको एक भागबाट अर्को भागमा संचारित हुन्छन ्र जब यस्ता संकेतहरु मस्तिष्कको कुनै एक भागको मस्तिष्ककोष मा आइपुग्छन, तिनीहरुले पुनः न्युरोट्रान्समिटर भन्ने नयाँ संकेत सृजना गरी अन्य भागका मस्तिष्ककोषसँग नयाँ सम्पर्क स्थापना गरी नयाँ प्रतिक्रिया र आवश्यक कार्य गर्दछन् ्र

कस्तो हुन्छ त रक्सीको असर मस्तिष्कमा रक्सी खाने ब्यतिलाई रक्सीले मनोरन्जन दिइरहेको भान हुन्छ तर औषधी बिज्ञान अनुसार मानिसलाई डीप्रेस बनाउने एक प्रकारको र लत लाग्न सक्ने लागु पदार्थ दुवै हो रक्सी ्र हाम्रो दिमागले सही काम गर्नु भनेको माथि भनिएझैँ मस्तिष्कका अनगिन्ति तन्तुहरुको बिचमा संचार स्थापना भै सही कार्यको लागी आवस्यक निर्णय गर्नु हो ्र

रक्सीले एकआपसमा सम्पर्क स्थापना गर्ने चाहाने कतिपय सूचना संकेतहरुलाई अबरोध पुर्याई केन्द्रीय स्नायु प्रणाली को गति नै घटाइदिन्छ ्र जब केन्द्रीय स्नायु प्रणालीको गति कम हुन्छ, सम्पर्क हुनुपर्ने मस्तिष्ककोषहरुको बिचमा सम्पर्क नभई खासै सम्बन्ध हुनुनपर्ने मस्तिष्ककोषहरुको बिचमा सम्पर्क स्थापना हुन्छ ्र अनि त व्यक्तिको कुनै कुरालाई ग्रहण गर्ने तरिका, आवेग, भावना, चलमल गर्ने गति, श्रब्य तथा दृश्य आदि कुरा नै बदलिन्छन र नयाँ प्रकारका बन्दछन ्र

जाम भएको गीतको क्यासेट बजाउँदा गीत अचम्मको सुनिन्छ नि, त्यस्तै ्र रक्सीको असरले केन्द्रीय स्नायु प्रणालीको गती नै कम हुने भएकोले यसरी परिवर्तित ब्यबहारहरु कमजोर प्रकारका र अस्वाभाविक हुन्छन ्र थोरै खाँदा थोरै प्रभाब हुने भएकोले आनौठो, रमाइलो प्रकारको, थकाइ, पीर, चिन्ता बिर्सेजस्तो अनुभब र महसुस हुन्छ, तर बढी सेवन गर्दा शरीर नै विषाक्त बनी शरीर तथा मष्तिस्क दुबैमा बिशाल नकारात्मक प्रभाब पर्दछ ्र सामाजिक पक्ष त अझ छुटै कुरा हो जसलाई यो लेखमा समेटिएको छैन ्र

हाम्रो शरीरले खाएको २०,२५ तत्व मस्तिष्कले प्रयोग गर्ने भएकोले रक्सीको मात्रा पनि मस्तिष्कले बढी प्रयोग गर्ने नै भयो, अनि स्वभावैले रक्सीको असर पनि मस्तिष्कमा बढी पर्ने नै भयो ्र मस्तिष्कले नै सारा शरीरलाई निर्देशन र नियन्त्रण गर्ने भएकोले मस्तिष्क बढी प्रभावित हुँदा शरीर र शरीरका अंगहरु पनि बढी प्रभावित हुने नै भए ्र

रक्सी खाएको व्यक्ति धंगधंगाउनु, बोली लार्बराउंनु, ध्यान नपुर्याउनु, अलमल पर्नु आदि मस्तिष्क प्रभावित हुनुका परिणाम हुँ ्र त्यसको अलावा रक्सी खाएको बेलामा बढी गफ गर्ने, हल्ला गर्ने, जोसिने, रिसाउने, अपराध गर्न समेत सुरिने, कपडामै पिसाब गर्ने आदि परिणामहरु पनि मस्तिष्ककले सही गतिमा सही सूचना दिन नसक्नुका नौला र अस्वाभाविक परिणाम हुन ्र

परिणामहरु पनि नसाको असर अनुसार फरक हुँदै जान्छन् ्र शुरुमा रमाइलो गरिरहेको मान्छेले झगडा गर्न थाल्नु त्यस्तै कारण हो ्र रक्सी लागेको मान्छेले गाडी चलाउन सक्छु भन्नु पनि अस्वाभाविक अबस्थामा स्वाभाविक क्रिया गर्न सक्छु भन्ने रक्सी प्रभावित भाबना हो ्र बास्तबिकतामा उसले नखाएको बेलामा झैं गरी चलाउन सक्दै सक्दैन ्र

अत्यधिक रक्सी सेवन गर्यो भने तनै हुन्छ ्र बान्ता गर्नु, निद्रा नलाग्नु, बिहोस वा अचेत हुनु, रगतमा चिनीको मात्र एकदम घट्नु या बढ्नु, शरीरको तापक्रम एकदम घट्नु र कुनैकुनै बेला रक्सी लागेकै अवस्थामा मृतु हुनु का परिणाम हुन ्र

एक बयस्क व्यक्तिले दिनमा ७।५ देखि ८ घण्टा सुत्नु जरुरि हुन्छ ्र पुरा सुताइ चार अवस्थामा बाडिएको हुन्छ ्र पहिलो र दोश्रो अवस्थामा दिमागको गति छिटो हुन्छ तर तेस्रो र चौथोमा एकदम ढिलो हुन्छ ्र पछिल्ला दुई अवस्थामा मात्र व्यक्ति मस्त निद्रामा परी ताजकी प्राप्त गर्दछ ्र तर रगतमा बढी भएको बेला दिमागको गति द्रुत नै हुन्छ र सुते पनि व्यक्तिको निद्रा पुगेको हुँदैन ्र

रक्सीको कारण निद्रा नपुग्दा दृश्य कम हुन्छ, टाउको दुक्छ अनि सारा शरीर नै मानसिक तथा शारीरिक रुपले शक्तिहीन र थकित हुन्छ ्र

अन्तमा रक्सीले जस्तोसुकै असर गर्ने भए पनि मान्छेले खान छाड्दैन किनकी यो समाजको अभिन्न अंग भैसकेको छ ्र अर्को कुरा रक्सी खाने मान्छेले खान थालेपछि नलागुन्जेल नखाई छाड्दैन ्र त्यसैले खाँदै नखानु सर्बोत्तम प्रतिज्ञा, कहिले काहीं र थोरै खानु धेरै खानुभन्दा उत्तम प्रतिज्ञा, र सुरक्षित ठाउँमा खानु अनि खाएको बेला जोखिमपूर्ण काम किमार्थ नगर्नु बाँच र बचाऊको भीष्म प्रतिज्ञा हो ्र




सम्बन्धित समाचार


error: Content is protected !!