कर्णाली प्रदेशमा दुई महिनामा तीन सय मुद्दा

कालिकोट,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा आर्थिक बर्ष २०७५,०७६ को दुई महिनामा तीन सय २९ मुद्दा दायर भएका छन् । कर्णाली प्रदेशका १० जिल्लाबाट यी मुद्दा दायर भएका हुन् ।

सबैभन्दा बढी सुर्खेतबाट ८४ र कम डोल्पाबाट ६ मुद्दा परेको आयोगका सुर्खेत कार्यालय प्रमुख ज्ञानराज सुवेदीले बताए । कार्यालयका अनुसार दैलेखबाट ६७, जाजरकोटबाट ६१, कालिकोटबाट ४३, जुम्लाबाट ३२, हुम्लाबाट ३०, सल्यानबाट २५, रुकुमबाट २१, मुगुबाट १५ मुद्दा परेको छ ।

स्थानीय तहको आन्तरिक आयको बिनियोजन र खर्च पार्दशिता नभएको, स्थानीय तहमा करार कर्मचारी नियुक्ति गर्दा विधिसम्मत नभएको, औषधी खरिद र वितरणमा अनियमितता गरेको जस्त बिषयमा बढी मुद्दा परेको सुवेदीले बताए । उनले भने, ‘स्थानीय तहका बढी मुद्दा कार्यालयमा छन् ।

अख्तियारमा भवन, सडक र पुल मापदण्ड र स्टिमेट अनुसार नबनेको, नक्कली बिल भरपाई बनाई सरकारी रकमको हिनामिना गरेको, टेण्डर प्रक्रियामा मिलेमतो भएको लगाएतका मुद्दा पनि पर्याप्त परेको सुवेदीले जानकारी दिए ।




सम्बन्धित समाचार


error: Content is protected !!