निर्मला हत्याकाण्ड ः निलम्बित एसपी विष्ट सहित तीनै जनाको डिएनए मिलेन

क्ञ्चनपुर ः कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका निलम्बित कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा भनिएका काँग्रेस महासमिति सदस्य एव अधिवक्ता भुपेन्द्र विष्टका छोरा आयुश विष्टको डिएनएर रिपोर्ट मेल खाएन ।
झण्डै दुई साता अघि प्रहरी प्रधान कार्यालयले उनीहरु तीनै जनाको डिएनए परीक्षणका लागि रगत लिएको थियो । केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट आएको सिलबन्दी रिपोर्टलाई आइतबार कञ्चनपुर प्रहरीले खोलेको छ ।
मृतक निर्मला पन्तको योनीमा भेटिएको ९भजाईनल स्वाब० संगै तीनै जनाको डिएनए नमिलेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले अनुसन्धान अधिकृत कृष्णराज ओझा सहित जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खेमराज भट्ट सहितको उपस्थितिमा रिपोर्ट खोलिएको बताए ।
उनका अनुसार तीनै जनाको डिएनए मिलेन । ‘हामीले तीनै जनाको डिएनए रिर्पोट हेरौँ, ‘उनले भने, ‘कसैको पनि मिलेन् ।’ आन्दोलनका बेला तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख विष्ट उनका छोरा किरण र अर्का युवक आयुसको डिएनए
परीक्षणको माग बमोजिम प्रहरी प्रधान कार्यालयले घटनाको थप अनुसन्धानका लागि डिएनए परीक्षण गरेको थियो । सरकारी वकिल कार्यालय कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले रिपोर्ट निगेटिभ आएको बताए ।
उनका अनुसार तीनै जनाको डिएनए रिर्पोट मिलेको छैन् । जिल्ला न्यायाधिवक्ता भट्टका अनुसार निर्मलाको डिएनए प्रोफाईल बनेको छ । जसले बलात्कार गरेको हो, त्यसको डिएनए म्याच हुनेछ ।
पक्राउ परेर सार्वजनिक गरिएका भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ बर्षिय दिलिप विष्ट, भीमदत्त नगरपालिका १८ निम्बुखेडाका चक्रदेव बडूको समेत डिएनए रिर्पोट मिलेको थिएन् ।
यस अघि पक्राउ परेका दुई र बाँकी तीनै जनाको डिएनए रिपोर्ट नमिलेपछि अब निर्मलाका वास्तविक हत्यारा को हो रु भन्ने प्रश्न खडा भएको छ ।
कञ्चनपुर प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले हल्ला र आरोप भन्दा पनि अहिले न्यारोडाउन विधिबाट अनुसन्धान गरिरहेको जनाएको छ । यस अघि हल्ला र आरोपका कारण प्रहरी उपरीक्षक दिल्ली विष्ट उनका छोरा सहित आशुस विष्टको डिएनए रिर्पोट चेक गरेको हो ।







