मुटु रोग भए नभएको कसरी थाहा पाउने ?

काठमाडौं,मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्राकृतिक अङ्ग हो। यो हरपल चलिरहन्छ। छातीभित्र धडकिरहने यो सानो अङ्गले शिरदेखि पैतालासम्म प्रभाव पारिराखेको हुन्छ। हामीलाई मुटुरोग लागे नलागेको कसरी पत्ता लगाउन सकिन्छ।
मुटुका धेरै रोगहरू हुन्छन् र प्रत्येक रोगका पनि आफ्नै प्रकारका लक्षणहरू पनि हुन्छन्। मुटुरोगका अनगिन्ती लक्षणहरूमध्ये सबैले थाहा पाइराख्नुपर्ने १२ वटा प्रमुख लक्षणहरू रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा। प्रकाशराज रेग्मीले बताए।
डाक्टर रेग्मीका अनुसार मुटुरोगका लक्षण यस्ता छन् ।
१.छातीको बिचको भाग दुख्नु
२. दम बढ्नु
३.खुट्टाहरु सुन्निनु
४. घाटीँको रक्तनली फुल्नु
५.ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुनु
६. औंलाका टुप्पा बाक्ला , चाक्ला हुनु
७.टाउको दुख्ने र चक्कर लाग्नु
८.मुटुको धड्कन रोकिने वा छिटो चल्नु
९. कफमा रगत देखा पर्नु
१०. जोर्नीहरु दुख्ने, सुन्निने र ज्वरो आउनु
११. हात, खुट्टा, ओठ आदि झट्का दिदै अनियन्त्रितरुपमा चल्नु
१२.छातीमा हात राख्दा बिरालो कनेको जस्तो थर्केको महसुस हुनु
सेतोपाटी साभार







