संविधानले एकताबद्ध भई अगाडि बढ्न प्रेरित गर्ने – सांसद पहाडी

काठमाडाँै , प्रतिनिधी सभा सदस्य सत्य पहाडीले एक शुभकामना दिदै सदियौँदेखि पछि परेका समुदायलाई राज्यको मूल प्रवाहीकरण गर्न वर्तमान संविधानले दिशानिर्देश गरेको बताउनुभएको छ ।
संविधान दिवस¬–२०७५ अवसरमा आज एक शुभकामना दिँदै उहाँले समाजवाद उन्मुख राष्ट्र निमार्ण गर्ने लक्ष्य लिएको संविधानले नागरिकका राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक हकअधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभएको छ ।
वर्तमान संविधानको सफल कार्यान्वयन गरी मुलुकलाई एकताबद्ध गर्ने, राष्ट्रिय एकतालाई मजबुत पार्न, राष्ट्रिय अखण्डता कायम गरी समृद्ध राष्ट्र निर्माण गर्न आ–आफ्नो ठाउँबाट योगदान गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आह्वान गर्दै अध्यक्ष तिम्सिनाले यस अवसरले हामी सबै नेपालीलाई एकताबद्ध भई अगाडि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली जनताको प्रतिनिधि संस्था संविधानसभाबाट नेपालको संविधान जारी गरेको तीन वर्ष पूरा भएको उल्लेख गर्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा दिएको वर्तमान सरकारले आम नागरिकलाई परिवर्तनको आभाष दिलाउन वर्तमान संविधानको पूर्ण कार्यान्वयन गरिनु आजको पहिलो आवश्यकता भएको बताउनुभयो ।
सदसय पहाडीले सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्व प्रणालीलगायत नवीनतम् अवधारणा समाविष्ट वर्तमान संविधानले लोकतान्त्रिक शासन व्यवस्थाको गहनाका रुपमा रहेको कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, बहुमतको शासन र अल्पमतको रचनात्मक प्रतिपक्ष जस्ता संविधानवादका मूलभूत विशेषताहरुलाई अवलम्बन गरेको बताउनुभएको छ ।
न्याय , समानता , स्वात्रता , स्वाधीनता र समृध्दिको अधिकार सहित को संघिय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संबिधान निर्माण भएको आाज तिन बर्ष पुगेको छ । हजारौं हजारको बिरतापुर्ण बलिदानि पश्चात निर्माण भएको संबिधान सभाबाट संबिधान निर्माणको माग संगै निरन्तर संघर्ष पश्चात मात्र नयाँ संबिधान निर्माण हुन सम्भव भयो । यो नेपाल र आम नेपालीका लागि अत्यन्तै महत्वपूर्ण राजनैतिक परिवर्तन तथा उपलब्धि हो । संबिधान को पुर्ण कार्यन्वयन अबको अभियान हो । राज्यपुनर्संरचना मा तिन तहको निर्वाचन संगै तिन तहको सरकार पनि निर्माण भईसकेको छ ।
अब संबिधानको कार्यन्वयन संगै राजनैतिक थाईत्वा , शान्ति र समृध्दिको लागि आर्थिक सामाजिक रुपान्तरण अभियान शुरु हुदैछ । शुखी नेपाली र समृध्द नेपाल देख्न नचहाने प्रवृति यति बेला सक्रिय हुन खोजिरहेको छ ।
नेपालमा प्रगतिशील संबिधान बनिसकेर कार्यन्वयनमा गएको देख्न नसक्नेहरु यो बेला अफवाहाको खेतीमा लागिरहेका छन । यतीबेला सम्पुर्ण हामी सबै एकताबध्द भएर नेपालको राजनैतिक थायीत्व , शान्ति र समृधिदिको अभियान मा संकल्प बध्द भएर लाग्नु नै हाजारौं शहिदहरु प्रति सम्मान हुनेछ । एकताबध्द र संकल्पबध्द भएर जनताको आवश्यकता अनुरुपको राष्ट्र निर्माणामा जुट्ने अर्को संकल्प जागोस भन्दै सबैमा संबिधान दिवसको हार्दिक शुभकामना !!!










