जिल्लाकै पुरानो बिद्यालय त्रिपुराले मनायो ५८ औ बार्षिकोत्सव

बि.पी डोल्पाली
डोल्पा ।  जिल्लाको एक पुरानो बिद्यालयले बिबिध कार्यक्रमका साथ आफ्नो ५८ औ बार्षिकोत्सव मनाएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका वार्ड १ मा रहेको २०१७ सालमा स्थापित जिल्लाकै पुरानो बिद्यालय त्रिपुरा माद्यामिक बिद्यालय कार्टियाचौरले आफ्नो बार्षिकोत्सव मनाएको हो ।
अघिल्ला वर्षहरुमा तामझामका साथ आफ्नो बार्षिकोत्सव मनाउदै आएको बिद्यालयले यो वर्ष भने सामान्य कार्यक्रम गरेर बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
२०१७ सालमा प्राबिको रुपमा स्थापना भएको त्रिपुरा माद्यमिक बिद्यालय यत्तिखेर प्रस्ताबित माबिको रुपमा नीजि स्रोतबाट संचालनमा रहेकाले बिद्यालयका शिक्षकहरुको ब्यवस्थापन लगायतको समस्याका कारण सामान्य कार्यक्रम गरेर आफ्नो बार्षिकी मनाएको हो ।
५८ औ बार्षिकोत्सवको अवसरमा बिद्यालयका प्रधनाध्यापक हेमराज हमालले आर्थिक बर्ष २०३⁄०७४ र आर्थिक बर्ष ०७४⁄०७५ मा बिद्यालयमा बिभिन्न निकायबाट प्राप्त भएको अनुदान सहयोग तथा खर्च भएको रकम सम्बन्धमा आर्थिक लेखाजोखा उपस्थित अभिभावकहरु समक्ष राखेका थिए ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देबिकृष्ण उपाध्यायको अध्यषता तथा वार्ड अध्यक्ष कर्मसिँ थापा र नेपाली काँग्रेसका पुर्ब पार्टी सभापतिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिललाकै पुरानो बिद्यालय भएर पनि अहिले सम्म प्रस्ताबित माबिको रुपमा समुदायको खर्चबाट संचालन हुनु दुखदायी भएको कार्यक्रका अतिथीहरुले बताए ।
संघिय ब्यवस्थामा स्थानीय तहका हरेक सामाजिक सस्थाहरुको रेखदेख नगरले गर्नु पर्ने प्रावधान भएकाले त्रिपुरासुन्दरी नगरपालिकाले यस बिद्यालयको माबि दरबन्दी लगायत शैक्षिक ब्यवस्थापनमा बिशेष ध्यान दिनु पर्ने बेला आएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देबिकृष्ण उपाध्यायले बताए ।
बार्षिकोत्सव कार्यक्रको अवसर पारेर अनुशासन,सरसफाई,नियमित बिद्यालय हाजिर,लगायत बिद्यालयका बार्षिक परिक्षाहरुमा उत्कृष्ट अंक ल्याउने तथा प्रथम दोस्रो र तेस्रो हुने छात्रछात्राहरुलाई बिभिन्न अतिथीहरुबाट पुरस्कार तथा बिभिन्न शिर्षक अन्तरगतको छात्राबृति समेत बितरण गरिएको थियो ।
बार्षिकोत्सव कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधि बिद्यालय सेवा क्षेत्र भित्रका अभिभावक बुद्दिजीवी समाजसेवी शिक्षक र संचारकर्मीको सहभागिता रहेको थियो ।





error: Content is protected !!