सहकारलिे गर्र्यो जनप्रतिनिधीलाई सम्मान

मोहन वि सी
रुकुम ः रुकुम पश्चिमको आठविसकोटमा रहेको को एक सहकारी संस्थाले नगरपालिका भित्रका जनप्रतिनिधिलाई सम्मान गरेको छ । आठविसकोट राडि बजारमा रहेको सुर्योदय बचत तथा ऋण सहकारी संस्थाले सोमबार एक कार्यक्रमको आयोजना गरेर जनप्रतिनिधिलाई सहकारीको तर्फबाट मायाको चिनो तथा दोसल्ला ओढाएर सम्मान गरेको हो ।

आठविसकोट नगरपालिकाले सहकारीको हक हित र सफलताको लागी अहम भुमीका निर्वाह गरी जनप्रतिनिधिले एउटा नमुना काम गरेको हुँदा सहकारीले जन ।प्रतिनीधिलाई सम्मान गरेको सुर्योदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जनक बहादुर शाहीले बताउनुभयो । २०६८ भाद्र २१ गते २८ जनाको सदस्यतामा स्थापना भएको सहकारी संस्थामा अहिले १४ सय सदस्य भएको उहाँले बताउनुभयो । कृषी तथा अन्य कुनै पनि व्यवसाय गरी आफ्नो आर्थिक अबस्था सुधार गर्न चाहनेहरुलाई सहकारीले ऋण दिने गरेको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

गत भदौ २१ गते सहकारीले ७ वर्ष पुरा गरेको अबसरमा उक्त सहकारी संस्थाले नगरपालिकाको वडा नं। ४ गोतामकोटमा पनि शाखा कार्यालय स्थापना गरेको छ । नगरपालिका भित्रका प्रत्येक वडामा शाखा कार्यालय स्थापना गर्न लागी परेको सहकारीले जनाएको छ ।
सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख गोर्ख बहादुर केसीले सहकारीलाई सफल बनाई यहाँ सम्म पुय्राएको भन्दै संस्थाका सबै सदस्यलाई धन्यबाद व्यक्त गर्नुभयो । कृषी तथा व्यवसायमा सहकारीले ऋण लगानी गरेको र अबका दिनमा नगरपालिका भित्र आर्थीक अबस्था सुधार गर्न उध्योगहरुमा पनि सहकारीले लगानी गर्न आग्रह गर्नुभयो । देशको अर्थतन्त्र सुधार गर्न प्रत्येक घर परिवारको आर्थीक अबस्थामा सुधार आउनु पर्ने समेत नगर प्रमुख केसीले बताउनु भयो ।

सम्मान कार्यक्रममा सहकारीका अध्यक्ष जनक बहादुर शाहीको अध्यक्षता रहेको कार्यक्रमा नगर प्रमुख गोर्ख बहादुर केसी, उपप्रमुख गीता नेपाली, १४ वटै वडाका वडा अध्यक्ष लगायत कार्यपालिकाक सदस्यहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्लान संस्थाका सचिव धर्म बहादुर चन्दले गर्नुभएको थियो ।





error: Content is protected !!