ज्यानलाई जोखिममा राखेर गर्भपतन गर्दै जुम्लाका महिला

दिलमाया शाही
जुम्ला :
सम्वन्धित महिलाको मन्जुरी बिना वा अन्य कुनै कारणवाट गर्भ रहन गएमा १२ हप्ता सम्मको गर्भ स्वेच्छिक गर्भपतन गराउन सक्ने अधिकार २०६० को स्वास्थ्य नीतिले सम्वन्धित महिलालाई दिएको छ । तर पछिल्लो समयमा मेडिकलमा गएर अपे्रसन गराउने महिलाहरुको संख्या भने बढदै गएको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुको परामर्शमा ९ हप्ता सम्मको गर्भ पतन गराउदा औषधीको माध्यमवाट गराउन सक्ने कानुनि व्यवस्था रहेको छ । प्रजनन् स्वास्थ्य ऐन,२०७४ प्रस्तावित नाम रहेको उक्त विधेयकमा प्रजनन् अवस्था, सुरक्षित मातृत्व तथा नवजात शिशु स्याहार सम्वन्धी व्यवस्था,प्रसुती सेवा व्यवस्था, सुरक्षित गर्भपतन सेवा, प्रजनन स्वास्थ्य अधिकार, प्रजनन् स्वास्थ्य अधिकारलगायत प्रजनन् स्वास्थ्य सम्वन्धित सम्पूर्ण विषयको बारेमा स्पष्ट लेखिएको छ ।







