कर्णाली प्रदेश र मलसाप्राे काे अामा !

“धेरैले बुझेकाे हुनुपर्छ कि मलसाप्राे ले बच्चा जन्माउछ,खाना खुवाउछ,बढाउछ र सिकार खेल्न सिकाउछ।
तर विडम्बना !बच्चाहरुले सिकार मार्ने काम काे सुरुवात अाफ्नै अामा लाई मारेर गर्छन् ।”
सन्दर्भ हाे कर्णाली प्रदेशको बिगत र वर्तमान।नाग राजले स्थापना गरेकाे खस साम्राज्य (कर्णाली प्रदेश सिंजा साम्राज्य पनि भनिन)अशाेक चल्ल,जितारि मल्ल ,पुण्य मल्ल सम्म अाउदा केदार खण्ड (कुमाउ गडवाल)देखि त्रिशूली सम्म विस्तारकै क्रममा रह्याे।यहि क्रममा काठमाडौ उपत्यका मा अाठ पटकसम्म अाक्रमण गरेकाे कुरा इतिहासकार लेख्दछन।
गावै पिच्छे राज्य र राजा रहेकाे तत्कालीन नेपालमा एकीकृत कर्णाली राज्य निर्माण गर्ने जस्ताे चुनाैतिपुर्ण काम कर्णाली प्रदेशले संभव बानायाे केदारखण्ड देखि त्रिशूलीसम्म एक मुष्ट राज्य दियाे।९ अाैं शताब्दी देखि बिक्रम काे १३अाैं शताब्दी सम्म कायम रहेकाे खस साम्राज्य (कर्णाली )ले राज्य मात्र स्थापना गरेन बरु त्यस संग सम्बन्धित रितिस्थिति ,कानुन,शासन,प्रशासन ,सस्कृति समेत निर्माण गर्याे जसमा टेकेर अाजकाे नेपाल संचालित भयाे।
जस्तै:
राज्य ब्यबस्था
शक्तिशाली केन्द्रीय सत्ता-बलियाे केन्द्रीकृत शासन निर्माण गरि विकेन्द्रित सामन्ती सत्ता निर्माण गरियाे जस्तै-गण्डकी प्रदेश । गण्डकी प्रदेशका गाेर्खा,लमजुङ,कास्की,पर्वत का मगर,गुरुङहरु ले सामन्त मुखियाकाे रुपमा काम गर्दै अाए(अाज उनिहरु ठकुरिमा रुपान्तरण भएकाछन भनिन्छ )।कर्णाली केन्द्रीय शासन काे मातहतमा रहेका मगर सामन्त हरु साम्राज्य काे विघटन पछि स्वतन्त्र राज्य र राजा घाेषणा गरे।
मगरात-मगरात मा “राजा अरमुडि”सामन्त काे भुमिमा रहे।त्यस्तै गण्डिगुल्मा निवासि “सुवर्णकार श्री राणक मगर”,गंग राणक लम्जुङ ,श्ी साहेव राने अादि सबै स्थानिय सामन्त काे रुपमा काम गरेकाे इतिहासकार बताउछन।
केदार खण्ड-कुमाउ-गडवाल का सामन्त लाई साम्राज्य काे स्थानिय शासन चलाउने जिम्मा दिईएकाे थियाे।
खारि प्रदेश(तिव्वत)मा पनि लामाहरु लाई स्थानिय सत्ता चलाउन जिम्मा थियाे।
मुख्य केन्द्रमा साम्राट रहेर मातहत मा महामात्य(प्रधानमन्त्री )अमात्य(मन्त्री ),साना राज्यमा महा मण्डलेश्वर(मुख्य मन्त्री )मण्डलेश्वर(राज्यका मन्त्र )साथै स्थिए स्तरमा महतारा,अधिकारी,अडै,राज्व अधिकारि(कर कि कार्कि)
अादि प्रशासनिक पद स्थपना गरि ब्यवसथित गरिएकाे थियाे।
सैनिक ढाचा-सेनाकाे सर्वाेच्च कमान्डर सेनापति राजा रहि राज कुमारलाई पनि सेना काे जिम्मेवार दिएकाे थयाे।सेनाकाे संरचनामा खड्गधारि पैक्याला(खड्का) कमान्ड मा ब्रिगेड बनाईएकाे थियाे जसमा क्रमस:खड्का,राना,बुढा,बुढाथाेकि र थापा (गुप्चर सबै थाहा पाउने)सैनिक दर्जा र संरचना खडा गरियाे।अावश्यक्तामा केन्द्रित गरिने सेना अन्य अवस्थामा विकेन्द्रित रहन्थ्याे।
कर प्रणालि-ब्यापार कर,कुत ,पशु कर,झ्यापा गुफ्या(काठ दाउरा)कर,मानु,मठाे,उहाराे(गाउमा उठाउने अन्न),बेठ बाउलाे(ज्याला विनाकाे श्रम),रुवाे(कपास काे)कर,सुताे(धागाे )कर,कट्के कुद(लडाईका लागि लाग्ने अनिवार्य)कर,तरकारि,फलफुल,,दहि घ्यु ,मह मा लाग्ने कर लगायत ३६ प्रकारका कर निर्धारण गरिएकाे थियाे।यसका साथै दण्ड विधान समेत ब्यबस्थित बनाए बुझिन्छ।
व्यापार-व्यवसाय ,अन्तर्राष्ट्रिय संबन्ध,कुटनिति लगायत सबै ब्वस्थित गरि प्रभावकारी कार्यन्वयन गरिएकाे कुरा इतिहासकार प्रा डा सुर्यमणि अधिकारी लेख्दछन्।
अव्यवस्थित तत्कालीन नेपालि समाज र राज्य लाई यहासम्म पुर्याउने कर्णाली नै थियाे।२०४७ सालकाे संविधान र त्यस द्वारा निर्देशित नेपाल शासन-प्रशासन का ढाचा,सैन्यसंरचना र कमान्ड ,करप्रणालि र दण्ड विधान,व्यापार-व्यवसाय र उत्पादन,भाषा- साहित्य ,भेष भुषा ,संस्कृति र धर्म र धार्मिक सहिष्णुता ,बैदेशिक नीति र कुटनिति सबै कर्णाली(खस साम्राज्य )बाट ल्याएर लागू गरिएकाे छर्लङ्ग छ।
यति मात्रै हाेईन अाज नेपालमा रहेकाे ठुलाे समुदाय काे जात,थर र देवता समेत कर्णाली ले जन्मायाे।नेपालका खस अार्यका बाहुनका थर कर्णालिका गाउँ का नाम बाट र क्षेत्री का थर सरकारि पद बाट बनेका छन्।जस्तै बाहुन-धिता=धिताल,पाण्डुसेरा=पाण्डे ,सिन्जा =सिजापति,चाैडिलागाउ=चाैलागाई,प्याकुरि=प्याकुरेल,सिंमखाडा=सिंखडा,(जुम्लाका गाउ)
तिमिल्सैन=तिमिल्सेना,घमिराउ=घिमिरे,देवकाेट=देवकाेटा,ढुंगानि =ढुंगाना,ढाँकु=ढकाल,वजगाउ=वजगाई,रिमा=रिमाल,पुडासैन=पुडासैनि,धमालि=धमला,कुईका=कुईक्याल,चाल्सा=चालिसे,वाराला=वराल,(यी सबै अछाममा पर्छन)
रेगम=रेग्मी ,साेत=साेति,खार=खरेल,सुवेडा=सुवेदी ,वयाना=वानिया,(बझाङ मा)
जमकट्टि=जमरकटेल,खातिवाडा=खाति,(बाजुरा)
गाजरि=गजुरेल(वैतडि)
डाेटिखाेला=डाेटेल,निराैलि=निराैला,अाेझान=अाेझा,वाेगटान=वाेगटिर(डाेटिमा)
खनाया=खनाल,कालै गाउ=कल्याल,खत्याड=खतिवडा(मुगु)
लमाछान्नि=लामिछाने,बास्काेट=बास्काेटा,बास्ताेलि=बास्ताेला,साततला=सत्याल,लुयाटि=लुईटेल,चापागाँउ=चापागाई,नेपा=नेपाल,रिजु=रिजाल,पाेखरा=पाेखरेल,लम्सु=लम्साल,लम्जि=लम्जेल,दह=दाहाल ,पराजुल=पराजुलि,काेईरालि=काेईराला,दवाडा=दवाडी ,कट्टि=कट्टेल,भुषाकाेट=भुषाल,गुरगाउँ=गुरागाई,माेडासैन=मरासैनि ,भुर्ति=भुर्तेल(दैलेदमा)
गेला=गेलाल,बन्जाडा=बन्जाडे,(कालिकोट मा)सर्पुकाेट=सापकाेटा,(रुकुम,)रवाैरा=रजाैरिया,माझगाउ=मझगैया(दाङमा)अादि थर कर्णाली कै हुन्।त्यस्तै -ठकुराई=ठकुरि,अधिकारी,महत महतारा,कार्कि,खड्का,थापा,बुढा अादि सबै सरकि पद का थर हुन।
अाज नेपालका पश्चिम देखि पुर्व र उत्तर देखि दक्षिणमा रहेका खस ब्रह्मण र क्षेत्रीहरु सबैकाे थर जातकाे उद्गम स्थान कर्णाली नै हाे।यी सबै १४ अाैं शताब्दी देखि पश्चिम बाट पुर्व तर्फ बढेकाे बुझिन्छ यद्यपि धेरैले अाफ्नाे थात थलाे भुलेकाे भान हुन्छ।
नेपालमा बाेलिने भाषा र भेष भुषा कर्णालि कै हुन।
यतिठुलाे गाैरव बाेकेकाे र सिंगाे नेपाल लाई याे स्थानमा पुर्याउने कर्णालि लाई “अामा मातृ”अथवा मातृ प्रदेश(mother state )भन्दा इतिहास प्रति सम्मान र ईमानदारीता हुनेछ।तर एकीकरण पछि कर्णाली का याेगदान खाेसेर नेपालमा लागु गरियाे र कर्णालि खालि मात्रै बनाएन अपमान,असभ्य,पिछडिएकाे ,विपन्न र फाेहरि काे पर्यायवाची कर्णाली बनाईयाे।केन्द्रीकृत शासन प्रणालि ले कर्णाल लाई गरेकाे गरेकाे अपमान,दुर्व्यवहार र भेदभाव ले “मलसाप्राे ले अाफ्नै अामाकाे सिकार “गरेकाे भएन र?
कालीवहादुर मल्ल ः लेखक सांसद हुन । कर्णाली प्रदेशका ईतिहासका जानकारी पनि हुँन् ।









