हप्ता दिन देखि विद्युत सेवा अवरुद्ध हुँदा स्वास्थ्य ,टेलिफोन सेवामा समस्य

लेख वुढा 
डोल्पा ः हप्ता देखि विद्युत सेवा अवरुद्ध हुँदा डोल्पा अस्पतालका दिने सेवा अवरुद्ध भएका छन् । अस्पताल जस्तो संम्वेदनशिल ठाउँमा २४ घण्टा विद्युत नहुँदा सेवा प्रवाह गर्न समस्या भएको हो । विद्युतको अभावमा ल्याप सेवा , एक्सरे सेवा , अन्य जाँचहरु प्रभावित भएका छन् ।
रातीको समयमा सुत्केरी सेवा दिन समस्य भएको छ । भदौ १९ गते जैरी गार्ड जलविद्युत आयोजनाको नहर पहिोले भत्किएपछि यहाँको विद्युत सेवा ठप्प भएको हो । अस्पतालमा भएको सोलारबाट केही सेवा प्रवाह भएपनि सवै सेवा दिन नसकिएको जिल्ला अस्पताल डोल्पाका निमित प्रमुख डाक्टर हिम विक्रम शाहीले बताए ।
जेनेरेटरबाट सेवा दिने योजनामा रहेको अस्पताललाई सो पनि खरावी हुँदा थप मर्का परेको छ । हाल जिल्ला अस्पताल डोल्पामा झाडापखाला,रुघाखोकी,छाला र स्वासप्रस्वास दमका विरामीहरु आउने गरेको डाक्टर शाहीले बताए ।
त्यस्तै यहाँको फोन सेवा समेत प्रभावित भएको छ । पावरको अभावमा पुर्ण रुपमा फोन सेवा सुचारु हुँन सकेको छैन् । रेडियो डोल्पाले आफ्नो प्रसारण सेवा समेत छोट्याएको छ । नहर निर्माण गर्न अझै केही दिन लाग्ने आयोजनाले बताएको छ ।
तस्विर जयकृष्ण हमालको फेसवुकबाट ।










