बारेकोटमा खाद्यान्न पठाउँन सुरु

जाजरकोट , नेपाल खाद्य संस्थान जाजरकोटले जिल्लाको बारेकोटमा खाद्यान्न पठाउन सुरु गरेको छ । खाद्य संकट टार्नका लागि सुक्रबार ३१ क्विन्टल चामल पठाएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

ठाँटी स्थित गोदाममा आफै सहयोगीका साथमा लोड गरेर पठाएको खाद्य संस्थानका प्रमुख धर्मवहादुर वस्नेतले जानकारी दिनुभयो ।
कुन कुन चामललाई कति पर्छ विवरण सहित प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत लेख्नुहुन्छ ।
सरोकारवालाहरूको लागि जानकारी 
यस जाजरकोट जिल्लामा तुलनात्मक रूपमा खाद्यान्न अभाव बढी हुने बारेकोट गाउँ पालिकामा खाद्यान्न अभाव नहोस भन्नको लागि उक्त गाउपालिका वडा नं। ५ मा रहेको नाकयवाडा घाट डिपोमा चामलको मौज्दात करिव ३० क्विन्टल मात्र रहेकोले थप चामल पठाउने क्रममा आज खाद्य संस्थानको गोदाम तथा सामान लोड हुदै गर्दाको अवस्थामा स्थलगत रूपमा निरीक्षण गरी पहिलो ट्याक्टरलाइ निर्देशन सहित विदाइ गर्दै ।
आउदै गरेका चाडपर्व समेतलाइ मध्यनजर गरी उक्त क्षेत्रमा चामल अभाव हुन नदिन हामी सबै आपसमा समन्वय गर्दै लागिरहेकोले आम उपभोक्ता एवं सर्वसाधारणलाइ चिन्ता नलिन र ढुक्कसँग आ आफ्ना नियमित काममा लाग्न अनुरोध गर्दछौं ।
साथै, उक्त क्षेत्रमा चामलको मूल्य तपसिल बमोजिम भएकोले चामल नपाएमा वा उल्लेखित मूल्यमा चामल नपाएमा वा यस सम्बन्धी अन्य कुनै उजुरी वा गुनासो भएमा खाद्य संस्थानको शाखा कार्यालय जाजरकोटको फोन नंं ०८९४३०१६३ वा जिल्ला प्रशासन कार्यालय जाजरकोटको फोन नंं ०८९४३०१३० मा खबर गर्न हुन विनम्र अनुरोध गर्दछु ।
तपसिल
१ बंगलादेशी उसिना चामल प्रति केजीको रू। ३१
२ उसिना सोना चामल प्रति केजीको रू। ४३
३ सोना मन्सुली चामल प्रति केजीको मूल्य रू। ४६
ललितकुमार बस्नेत
प्रमुख जिल्ला अधिकारी, जाजरकोट





error: Content is protected !!